Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

वन डढेलो रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई ‘अग्नि नियन्त्रक सामग्री’ प्रदान

रेडियो भोटेओडार २९ पुष २०७८, बिहीबार १७:५१ मा प्रकाशित ( २ साल अघि) १३१४७ पाठक संख्या

लमजुङमा बर्सेनी वन डढेलोको घटना बढ्दै गएको छ । विगत २०६८ देखी २०७७ सम्ममा सबैभन्दा धेरै मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका क्षेत्रका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय, लमजुङका प्रमुख एवं डिभिजन वन अधिकृत पुर्णेश्वर सुवेदीले जानकारी दिनुभयो ।

वन डढेलो रोकथाम र नियन्त्रणका लागि समुदाय, पालिका, मिडिया लगायत सरोकारवाला सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

बढ्दो वन डढेलो रोकथाम र नियन्त्रणका लागि डिभिजन वन कार्यालय, लमजुङले जिल्ला स्थित विभिन्न सुरक्षा निकायलाई विभिन्न ‘अग्नि नियन्त्रक सामग्री’ प्रदान गरेको छ ।

बिहिबार जिल्ला प्रहरी कार्यालय, लमजुङ, उदीपुरस्थित नेपाली सेनाको श्रीजंग गण र सशस्त्र प्रहरी बल, लमजुङलाई ‘अग्नि नियन्त्रक सामग्री’ प्रदान गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जिल्लास्थित सुरक्षा निकायका प्रमुख÷ प्रतिनिधिलाई रेक, साबेल, स्वाटर, जम्प सुट, ब्याक प्याक पम्प, हेल्मेट, सिम्पल क्याप मास्क, पन्जा लगायतका सामग्री वितरण गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी वैद्यले सोचमा परिवर्तन गरी वन डढेलो रोकथाम र नियन्त्रणमा सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

 


FLASH NEWS