Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 08, May, 2024

लमजुङको प्रवेशद्धार पाउँदीमा ‘हेल्थ डेस्क’ स्थापना

रेडियो भोटेओडार ५ माघ २०७८, बुधबार १८:३७ मा प्रकाशित ( २ साल अघि) १४८९० पाठक संख्या

लमजुङमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । केही दिन यता जिल्लामा कोरोना संक्रमतिको संख्या बढ्दो रहेको स्वास्थ्य कार्यालय, लमजुङले जनाएको छ । गएको १० दिनदेखी हालसम्ममा जिल्लामा सक्रिय संक्रमितको संख्या ८६ जना रहेको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लामा तयारी अघि बढाइएको छ ।
जिल्लामा तुलनात्मक रुपमा वयस्क उमेर समूहका संक्रमितको संख्या धेरै छ । तुलनात्मक रुपमा जिल्लाको जनघनत्व धेरै रहेका बजारी क्षेत्रका साथे ग्रामीण क्षेत्रमा समेत कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लामा तयारी थालिएको छ । जिल्लाको प्रवेशद्धार सुन्दरबजार नगरपालिका ७ स्थित पाउँदीमा हेल्थ डेस्क स्थापना गरी ‘मास्क अभियान’ संचालन गरिएको छ ।
स्वास्थ्य कार्यालय, लमजुङ र स्वास्थ्य शाखा सुन्दरबजार नगरपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
स्वास्थ्यकर्मीका साथै सुरक्षाकर्मीको टोली खटिएका हेल्थ डेस्कबाट जिल्ला आउने जाने सवारी साधनमा सवार यात्रु, पैदलयात्रुहरुलाई स्वास्थ्य सचेतना जगाउनुका साथै निःशुल्क मास्क वितरण गरिएको छ । आवश्यकताअनुसार अन्य ठाउँमा पनि हेल्थ डेस्क स्थापना गरिने प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताउनुभयो ।
दिनहुँ बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाहरुले पनि अघि सरेका छन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्वन्धित निकायहरुको समन्वयमा अघि बढिएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।
संक्रमण रोकथामका लागि लमजुङ प्रशासनले जारी गरेका आदेशको हुबहु पालना गर्न, गराउन र सचेतना जगाउन आफुहरु जुटिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङ प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय, लमजुङले अनावश्यक भीडभाड, भेला नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिसकेको छ ।


FLASH NEWS