आज:  | Fri, 29, Sep, 2023

व्यवसायिक च्याउ उत्पादक किसानलाई च्याउको बीउ वितरण ः किसानको जीवनस्तर उकास्ने उद्धेश्य

रेडियो भोटेओडार १४ माघ २०७८, शुक्रबार १३:२६ मा प्रकाशित ( १ साल अघि) १२३४९ पाठक संख्या

 

लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई च्याउको बीउ वितरण गरेको छ । गाउँपालिकाका व्यवसायिक किसानहरुलाई पचास प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिएको कृषि शाखा, दोर्दी गाउँपालिका प्रमुख बेन्जु अधिकारीले जानकारी दिनुभयो ।

किसानहरुलाई च्याउ खेतीमा आकर्षित गरी आयआर्जनमा वृद्धि गरी स्थानीय किसानको जीवनस्तर उकास्ने उद्धेश्यले किसानलाई च्याउको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

शाखाबाट किसानहरुलाई न्युनतम २ पोका देखी अधिकतम २ सय पोकासम्म च्याउको बीउ वितरण गरिएको कृषि शाखा, दोर्दी गाउँपालिकाले जनाएको छ ।


FLASH NEWS