आज:  | Fri, 29, Sep, 2023

लमजुङमा दोर्दी गाउँपालिकाका शिक्षक अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनुपर्ने ः आउँदो बुधबारदेखी वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्नुपर्ने

रेडियो भोटेओडार १५ माघ २०७८, शनिबार १२:४७ मा प्रकाशित ( १ साल अघि) १६४०२ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिकाले वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न आग्रह गरेको छ ।

कोरोना प्रभावका कारण विद्यार्थीलाई शैक्षिक क्रियाकलापामा सहभागी गराउनका लागि माघ १९ गते बुधबार देखी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु अनिवार्य रुपमा विद्यालयमा उपस्थित भई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरुले विद्यार्थी संख्याको आधारमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी विभिन्न वैकल्पिक माध्यमबाट अथवा सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाई सहजीकरण गर्न अनुरोध गरिएको दोर्दी गाउँपालिकाका शिक्षा प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

‘कोरोना संक्रमणको जोखिमका कारण सिकाई सहजीकरणमा समस्या सिर्जना भई पठनपाठनको क्रियाकलापलाई संचालन गर्न नसकिएकाले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्न अनुरोध गरिएको छ,’ उहाँले भन्नुभयो ।

विद्यालयहरुले आवश्यकताअनुसार टोल सिकाइ, सिकाई केन्द्रहरु संचालन गर्न, प्रिन्ट सामग्री वितरण, फोन सिकाई, गृहकार्य प्याकेज, रेकर्ड सामग्री वितरण, होम स्कुलिङ, क्लिनिकल मोडेल, रेडियो, अनलाइन, अफलाइन सिकाई र स्वअध्ययन सामग्री सहपाठी सिकाई विधि अपनाई सिकाई सहजीकरण गर्न सक्ने उहाँले बताउनुभयो ।

दोर्दी गाउँपालिकामा ३६ वटा प्रावि, ८ वटा आधारभूत विद्यालय, ८ वटा माध्यमिक विद्यालय र एक नीजि विद्यालय रहेका छन् ।

 

 


FLASH NEWS