आज:  | Sat, 30, Sep, 2023

लमजुङको राइनासमा ट्रयाक्टर दुर्घटना ः एकजनाको घटनास्थलमै मृत्यु

रेडियो भोटेओडार १९ माघ २०७८, बुधबार १८:०८ मा प्रकाशित ( १ साल अघि) ४०८२५ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको राइनास नगरपालिका–६, घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको राइनास नगरपालिका, तीनपिप्लेबाट धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो सडकबाट झण्डै २० मिटर तल खस्दा ट्रयाक्टरमा सवार राइनास नगरपालिका–६, का अन्दाजी ४० वर्षीया अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

ट्रयाक्टरमा सवार अन्य २ जना सामान्य घाइते भएका उहाँले बताउनुभयो । उहाँका अनुसार ट्रयाक्टरमा चालकसहित ३ जना सवार थिए ।


FLASH NEWS