चाँदनी अधिकारी
लमजुङको दोर्दी गाँउपालिका वडा २ मा ३ महिने ब्युटि पार्लर तालिम संचालन भएको छ । दोर्दी गाँउपालिका र नेपाल सरकार वाणिजय उद्योग तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ३ महिने ब्युटी पार्लर तालिम संचालन गरिएको हो ।
गरिबी तथा बेरोजगार महिलालाई स्वरोजगार बनाई उनीहरुको आयस्तर वृद्धि गरी उनीहरुको जीवनस्तर उकास्ने उदेश्यले तालिम संचालन गरिएको प्रशिक्षक दिपा बोहोराले बताउनुभयो ।
तालिममा २४ जना महिला सहभागी छन् ।
दोर्दी गाँउपालिका २ का वडा अध्यक्ष गोबिन्द अधिकारीको अध्यक्षतामा भएको हो । तालिम ब्युटी पार्लरसम्बन्धी आवश्यक ज्ञान, सीप लिएर व्यवहारमा उतारी व्यवसायिक बन्न र जीवनस्तर उकास्ने उहाँले सबै सहभागीलाई आग्रह गर्नुभएको छ ।