लमजुङको सुन्दरबजार नगरपालिका–९ मा रहेको रेडियो भोटेओडार ९०.८ मेगाहर्जले फागुन २८ गते शनिबार दशौँ साधारणसभा तथा अधिवेसन मनाउने भएको छ । रेडियो भोटेओडार संचालक समितिको बैठकको निर्णयअनुसार आउँदो शनिबार रेडियोको दशौँ वार्षिक साधारणसभा तथा अधिवेसन मनाउने निर्णय गरिएको हो ।
कोरोना प्रभावका कारण यसअघि समयमै रेडियाकोे साधारणसभा तथा अधिवेसन सम्पन्न गर्न नसकिएको र बैठकको निर्णयअनुसार आउँदो शनिबार कार्यक्रम संचालन गर्न लागिएको रेडियोका अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘२०६९ असोज ६ गते सुरु भएको रेडियो भोटेओडारले प्रसारणको नवौँ वर्ष सफलतापूर्वक पुरा गरी दशौँ वर्षमा पाइला टेकेको सुखद अवसरमा आउँदो शनिबार साधारणसभा तथा अधिवेसन हुँदैछ । तयारी अघि बढाइएको छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री, मुधमाया अधिकारीले गुरुङको प्रमुख आतिथ्यता रहने रेडियोका स्टेशन म्यानेजर रुद्रहरि ढकालले बताउनुभयो ।