Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

सिर्जनात्मक साकोसको आयोजनामा महिलाहरुका लागि नेतृत्व विकास तालिम संचालन

रेडियो भोटेओडार २५ फाल्गुन २०७८, बुधबार १७:१३ मा प्रकाशित ( २ साल अघि) १५८९८ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा महिला उद्घोषण तथा नेतृत्व विकास तालिम संचालन भइरहेको छ ।
भोटेओडार बाुलेनमा रहेको सिर्जनात्मक साकोसको आयोजनामा संस्थाको २५ औँ वार्षिकोत्सव रजत वर्षको कार्यक्रम अनुसार यस तालिम संचालन गरिएको हो ।
महिलाहरुको नेतृत्व विकास गराई हरेक क्षेत्रमा उनीहरुलाई अग्रसर गराउने उद्धेश्यले तालिम संचालन गरिएको सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँलले बताउनुभयो ।
तालिमको पहिलो दिन मंगलबार र दोश्रो दिन बुधबार संचारकर्मी अस्मिता खनालले प्रशिक्षण दिनुभएको हो ।
तालिममा सहभागी महिलाहरुलाई तालिममा मंगलबार प्रशिक्षक खनालले स्वअस्तित्व, सहअस्तित्व नेतृत्व विकास, सकारात्मक सोच र आत्मविश्वास र तालिमको दोश्रो दिन बुधबार समूह निर्माण, सार्वजनिक कार्यक्रममा बोल्ने कला, समूह गठन प्रकृया, समूहा पदाधिकारीको काम, कर्तव्य र भूमिका लगायतका विषयमा जानकारी गराउनुभएको छ । मंगलबारबाट सुरु भएको तालिम आउँदो शनिबारसम्म संचालन हुनेछ ।
यस्तै,सहकारीको रजत वर्षको अवसरमा आउँदो चैत ५ गते चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर, चैत १६ गते जिल्लास्तरीय भलिवल खेल प्रतियोगिता संचालन गरिने पनि साकोसका अध्यक्ष कडेँलले बताउनुभयो ।
भलिवल खेल प्रतियोगिताका विजेता समूहलाई प्रथम, द्धितीया र तृतीयालाई क्रमश ः नगद ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिने उहाँले बताउनुभयो ।

 


FLASH NEWS