Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

लमजुङको भोटेओडारमा तेश्रो राष्ट्रपति रनिङ किल्ड प्रतियोगिता शुभारम्भ

रेडियो भोटेओडार ३ चैत्र २०७८, बिहीबार १२:५८ मा प्रकाशित ( २ साल अघि) २०७९१ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माध्यमिक विद्यालयमा तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना एवं भ ि क्त नमूना माविको समन्वयमा प्रतियोगिताको बिहिबारबाट प्रतियोगिताको शुभारम्भ गरिएको हो ।

सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले प्रयितोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख मिश्रले व्यक्तिको शारिरीक, मानसिक, संवेगात्मक विकासमा टेवा पुर्याउने बताउनुभएको छ ।

राष्ट्रलाई विश्वसामु चिनाउन सकिने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद रहेकाले यसको विकासमा सबै पक्षबाट साथ, सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । नगरक्षेत्रमा खेलकुद क्षेत्रको विकासमा नगरपालिका सदैव लागिरहेको उहाँले बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखा, सुन्दरबजार नगरपालिकाका प्रमुख एवं उपसचिव ठाकुरजी तिवारीले विद्यालयमा अध्ययनरत विद्यार्थीको अन्तरनिहित खेल प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचलन गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिता आउँदो शनिबारसम्म चल्नेछ । यस अवधीमा छात्र, छात्रा दुवै तर्फ छुट्टाछुट्टै रुपमा भलिवल खेल प्रतियोगिताका साथै अन्य विभिन्न खेलकुद संचालन हुनेछन् ।

भक्ति नमूना माविका अध्यक्ष एवं सुन्दरबजार नगरपालिकाका वडा नं ९ का वडाअध्यक्ष मोतीप्रसाद गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नेकपा एमाले सुन्दरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ, नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँ, नेकपा माओवादी केन्द्र, सुन्दरबजार नगर कमिटिका अध्यक्ष मुरारी भुजेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, नगरउपप्रुमख ज्ञानु शाह, सुन्दरबजार नगरपालिका वडा नं ८ का कृष्णकान्त अधिकारी, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, लमजुङ उद्योग वाणिज्य संघ, भोटेओडार इकाइका अध्यक्ष मानकृष्ण आचार्य, सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँल, भोटेओडार कृषि तथा भेटेरिनरी साकोसका अध्यक्ष डम्बरबहादुर कार्की, भोटेओडार सार्वनिक पुस्तकालकाय अध्यक्ष वसन्तराज खनाल, भोटेओडार सामुदायिक सेवा केन्द्रका अध्यक्ष मनराज गुरुङ, हातेमालो मूल आमा समूहकी अध्यक्ष मनु पन्त, विवाइसी क्लव, भोटेओडारका अध्यक्ष जीवनचन्द्र गुरुङ लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यपक यज्ञराज घिमिरेले जानकारी दिनुभयो ।


FLASH NEWS