चाँदनी अघिकारी,
लमजुङको बेशिसहरमा संचालन भएको तिन दिने आधारभुत पत्रकारिता तालिमको शनिबार एक कार्यक्रमका बिच समापन भएको छ ।
नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवंम तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झाको प्रमुख अथितिथ्य रहेको थियो ।
बेशिसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, राईनस नगरपालिका र मस्र्याङ्दी गाँउपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ लमजुङले आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको हो ।
बिहिबार बाट सुरु भएको आधारभूत पत्रकारिता तालिममा शनिबार समापन गरिएको हो ।तालिममा सहभागी ४० जनालाई प्रमाणपत्र दिई सम्मान गरि आगामी दिनहरुमा पत्रकारिता क्षेत्रमा लाग्न अनुरोध गरिएको छ ।
तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झाले सहभागीहरुलाई पत्रकारिता केहो, समचारको परिभाषा , समचार कस्तो हुन्छ, समचारका स्रोत कहाँ बाट प्रात्त हुन्छ, समचारको प्रकार, समचारका तत्व र पत्रकारिताको महत्वको बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको छ ।
पत्रकारिता क्षेत्रमा आउन चाहनेहरुलाई उहाँले संचार क्षेत्रमा परम्परागत तरिकाले भन्दा पनि जनताको ईच्छा र रुचि अनुसार कलम चलाएमा प्रभावकारीता हुने, समचार हामी संग भन्दा पनि अरु बाट प्रात्त गर्न सकिने भएकाले जनताहरु संग नजिक भएर कुराकानी गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । विभिन्न प्रयोगात्मक तथा मौखिक रुपमा परिक्षार्थीहरुलाई उहाँले अभ्यास गराउदै सिकाउनुभएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताउनुभयो ।
तलिममा नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रिय सदस्य नविन कुईकेल, निर्वतन केन्द्रिय सदस्य किसान संगीत, संस्थापक अध्यक्ष। नेपाल पत्रकार महसंघ लमजुङकी उपाध्याक्ष शान्त कमली, सहभागी चाँदनी अधिकारी, प्रमोद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महसंघका जिल्ला सचिव रुद्रहरि ढकालले गर्नुभएको हो ।