आज:  | Sat, 30, Sep, 2023

लमजुङको भोटेओडारमा पालिकास्तरीय भलिवल खेल प्रतियोगिता संचालन

रेडियो भोटेओडार २० चैत्र २०७८, आईतवार १८:३० मा प्रकाशित ( १ साल अघि) १५७०९ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार कृष्णबगैँचामा भलिवल खेल प्रतियोगिता संचालन भएको छ ।
सिर्जनात्मक साकोसको आयोजनामा ६५ औँ सहकारी दिवस एवं संस्थाको २५ औँ वार्षिकोत्सव रजत वर्षको कार्यक्रमको अवसरमा लमजुङको पालिकास्तरीय दोश्रो सिर्जनात्मक भलिवल खेल प्रतियोगिता संचालन गरिएको हो ।
पछिल्लो समय भलिवल खेल हराउँदै गएकाले यस खेलको संरक्षण गरी यस खेलमा युवाको आकर्षण बढाउन र सहकारी दिवसको अवसरमा बर्सेनी सहकारीले भलिवल खेल प्रतियोगिता संचालन गर्दै आएको सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँलले जानकारी दिनुभयो ।
कडेँलको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गर्नुभएको हो ।
साकोसका उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमाले लमजुङका जिल्ला कमिटि सदस्य एवं सुन्दरबजार नगर कमिटिका पार्टी अध्यक्ष भीमबहादुर गुरुङ, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति डा. टकराज गुरुङ, नेकपा एकीकृत समाजवादी, लमजुङका अध्यक्ष रामबाबु अधिकारी, सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, कास्की जिल्ला अदालतका न्यायधीस श्रीकृष्ण भट्टराई, जिल्ला अदालत लमजुङका न्यायधीस शिवप्रसाद खनाल, जिल्ला वचत संघ, लमजुङका अध्यक्ष विजय गुरुङ लगायतले बोल्नुभएको हो ।
कार्यक्रमको संचालन साकोसका सचिव मेनबहादुर घलेले गर्नुभएको हो । यसअघि साकोसले रजत वर्षको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर, महिला नेतृत्व विकास लगायतका कार्यक्रम संचालन गरिसकेको छ ।
प्रतियोगितामा ८ वटा भलिवल समूह सहभागी छन् । आइतबार केही समूहबीच खेल प्रतिष्पर्धा भएको र बाँकी समूहबीच सोमबार प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम र द्धितीया हुने समूहलाई पुरस्कारस्वरुप क्रमश ः नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र, नगद ३० हजार कप मेडल र प्रमाणपत्र र सेमि फाइनलमा प्रवेश गर्नेलाई नगद १५ हजार र प्रमाणपत्र प्रदान कगरिने साकोसका व्यवस्थापक इन्द्र विलास सापकोटाले बताउनुभयो ।

 

 


FLASH NEWS