स्याम परियार
लमजुङको राइनास नगरपालिकामा चौँथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा शाखा, राइनास नगरपालिकाको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता आउँदो बुधबारसम्म संचालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले गर्नुभएको हो ।
उहाँले अनुशासित, मर्यादित रुपमा आफ्नो खेल प्रतिभा प्रस्तुत गर्न प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
राइनास नगरपालिका क्षेत्रमा खेलप्रति आकर्षण बढाउन र सिंगो खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सबैद जुट्नुे उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
प्रतियोगितामा छात्रछात्रातर्फ छुट्टाछुट्टै रुपमा एथ्लेटिक्सतर्फका सबै खेल, रनिङ तथा करातेँ लगायतका खेल संचालन हुने शिक्षा शाखा, राइनासका पूर्णबहादुर नेपालीले जानकारी दिनुभयो । प्रतियोगितामा राइनास नगरपालिका क्षेत्रका ११ माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।
विद्यार्थीमा रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उहाँले बताउनुभयो । राइनास नगरपालिकास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा खेलकुद प्रयितोगिता संचालन भइरहेको राइनास नगरपालिकाले जनाएको छ ।