आज:  | Sat, 30, Sep, 2023

लमजङ्ग सेवा समाज कतारद्धारा पत्रकार महिलाहरुलाई स्वास्थ्य सामाग्री प्रदान

रेडियो भोटेओडार ६ बैशाख २०७९, मंगलवार १८:२८ मा प्रकाशित ( १ साल अघि) १०१४४ पाठक संख्या

चाँदनी अधिकारी
लमजङ्गका पत्रकार महिलाहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । लमजङ्ग सेवा समाज कतारद्धारा ३५ जना सक्रिय महिला पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
सञ्चारिका समुह लमजङ्गले आयोजना गरिएको कार्यक्रममा सञ्चारिका समुह लमजङ्गकी अध्यक्ष बसन्त बट्टको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको हो ।

पत्रकार महिलाहरुलाई समचार संकलन गर्दा, फिल्डमा हिन्दा,विभिन्न कार्यक्रमहरुमा बाहिरा जानुपर्ने बाध्यता भएकाले सुरक्षित रहनका लागि स्वास्थ्य सामाग्री मास्क तथा स्यानीटाइजर वितरण गरिएको लमजङ्ग सेवा समाज कतारका पूर्व अध्यक्ष नवराज नखोलाले बताउनुभयो ।

उहाँका अनुसार कतारमा रहेका नेपाली दाजुभाईहरुले जिल्लामा भएको विभिन्न समस्याहरुमा पनि सहयोग गर्दै आएको बताउनुभएको छ ।

मंगलबार बेशिसहरको तमु संग्राहलयको हलमा एक कार्यक्रमका बिच जिल्लाका सक्रिय महिला पत्रकारहरुलाई प्रतिव्यतिm एक प्याकेट मास्क साथै एउटा स्यानिटाईजर वितरण गरिएको संञ्चारिका समुहकी अध्यक्ष बसन्त भट्टले जानकारी दिनुभयो ।

कोरना भाइरसको जोखिम कम हुदै गएपनि दैनिक रुपमा मास्क, स्यानिटाइजर प्रयोग गरिनाले धुलो र धुवाँबाट जोगाई विभिन्न प्रकारका रोगहरु बाट बचाउन महत्वपूर्ण भुमिका खेल्ने भएकाले मास्क दैनिक जिवनमा आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

सञ्चारिका समुह लमजुङ्गकी उपाध्यक्ष श्रीकला भन्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चारिका समुहकी सचिव बेलिना थापाले कार्यक्रम संचालन गर्नुभएको हो ।
कार्यक्रममा लमजुङ्ग सेवा समाज कतारका मस्र्याङदी गाँउपालिकाका पुर्व संयोजक अनन्त धिमिरे, जिल्लास्थित संचार माध्यमका प्रमुख तथा प्रतिनिधी संचारिका लमजुङ समुहका पदाधिकारी, साथै अन्य पत्रकार महिलाहरुको उपस्थिति रहेको थियो ।


FLASH NEWS