लमजुङको सुन्दरबजार नगरपालिकामा स्थानीय तहको चुनावका लागि १ सय ९९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार र सोमबार गरी निर्वाचन अधिकृतको कार्यालय, सुन्दरबजारमा विभिन्न दल र स्वतन्त्र गरी विभिन्न पदमा १ सय ९९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय, सुन्दरबजारले जनाएको छ ।
जिल्लाको सुन्दरबजार नगरपालिकामा नगरप्रमुख पदमा पाँच जनाको उम्मेदवारी परेको छ । सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नगरप्रमुख पदमा नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला, नेकपा एमालेबाट भीमबहादुर गुरुङ, राप्रपाका सन्तबहादुर बस्नेत, मंगोल नेशनल अर्गानाइजेसनका भीमराज गुरुङ र सुदीप अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
यसैगरी, नगरपालिकाको नगर उपप्रमुख पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी (एस)का रामबाबु अधिकारी, नेकपा एमालेका भवानी केसी, राप्रपाका पार्वती वाग्ले पौडेल, मंगोल नेशनल अर्गानाइजेसनका बालकुमारी कामी र द्धारिका प्रसाद मिश्रले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतिको कार्यालय, सुन्दरबजार लमजुङका निर्वाचन अधिकृत जीवनीधि पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस नगरपालिकामा विभिन्न दलका साथै स्वतन्त्र गरी वडाअध्यक्ष पदा ४५ जना, महिला सदस्यमा ४० जना, दलित महिला सदस्यमा ३२ जना वडा सदस्यमा ७२ जना गरी १ सय ९९ जनाको उम्मेदवारी दर्ता भएको छ ।