चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको समुता गुम्बालाई नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङले नगद पाँच लाख सहयोग गर्नुभएको छ ।
नेता गुरुङले समुता गुम्वा विकास समितिका अध्यक्ष वीरसिंह घले एवं निवर्तमान अध्यक्ष खुसबहादुर गुरुङलाई सोमबार सहयोग रकम प्रदान गर्नुभएको हो ।
गुम्बाको भौतिक पूर्वाधार निर्माणमा थोरै भएपनि सहयोग पुगोस् भनी सहयोग गरेको नेता गुरुङले बताउनुभयो ।
सबैको साझा सम्पत्ति गुम्बाको समग्र पक्षको विकासका लागि सबैले सहयोग गरिरहेको बताउँदै यसको विकासका लागि आफुले सकेको सहयोग गर्ने नेता गुरुङले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
सहयोग रकम गुम्वा निर्माणमा खर्चने समुता गुम्बा विकास समितिका अध्यक्ष घलेले बताउनुभयो ।
नेपाल बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्वा विकास समितिको पहलमा राष्ट्रिय भुकम्प पुननिर्माण प्राधिकरणको ५६ लाख ४७ हजार ६ सय २९ रुपैयाँ सहयोगमा दुई तले गुम्वा निर्माण गरिएको उहाँले बताउनुभयो ।
अझै गुम्बा निर्माणका केही काम बाँकी रहेको र निर्माण कार्य पुरा गर्नका लागि समितिले विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाबाट सहयोग रकम जुटाइरहेको अध्यक्ष घलेले बताउनुभयो ।