चाँदनी अधिकारी
लमजङको सुन्दरबजार नगरपालिका ९, धारापानी स्थित रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लि. ले डिजिटल टेलर ( क्यू आर कोर्ड) सेवा संचालन गरेको छ ।
संस्थामा संग्लङ सदस्यहरु तथा समुदायका नागरिकहरुलाई छिटो र सरल तरीकाले सेवा सुविधा दिनका लागी २०७९ साल जेठ १५ गते बाट यो सेवा संचालन गरिएको हो ।
डिजिटल टेलर ( क्यू आर कोर्ड) बाट सदस्यहरुले चेक विनानै दिनमा एक लाख रकम सम्म झिक्न सकिने सहकारीका व्यवस्थापक इन्द्र विलास सापकोटाले बताउनुभयो ।
सिर्जनात्मक साकोसले तिन वर्ष अघि बाट नै सिर्जनात्मक मोवाइल बैंकिङको व्यवस्था संचालन गर्दै आएको पनि उहाँले बताउनुभयो । मोवाइल बैंकिङ बाट रकम ट्रान्सफर, मिनि स्टेटमेन्ट, आफनो खाताको रकमबारे जानकारी लिन सकिने, ऋणको सावा, व्याजबारे जानकारी लिन सकिने, खाता बाट एनटिसी, एनसेल, डिसहोम, एडिएसएल लगायत सेवाहरुको रिचार्ज गर्न सकिने, साथै आफनो खाताको रकम जुनसुकै बैँकमा ट्रान्सफर,गर्न र अन्य बैँकमा रहेको रकमलाई सहकारीको खातामा ट्रान्सफर, गर्न सकिने सापकोटाले जानकारी दिनुभयो । सिर्जनात्मक सहकारीले २५ औँ रजत वर्ष पार गरेको छ ।