लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित धारापानीमा रहेको ‘अधिकारी मोटरसाइकल वर्कसप’मा आगलागी भएको छ । वर्कसपमा सोमबार बिहान पौने ५ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।
वर्कसप नजिकै रहेको बिजुलीको पोलको तार सर्ट आगलागी भएको र वर्कसपमा सर्भिसिङका लागि ल्याइएको एक मोटरसाइकल, २ वटा स्कुटर र ७ वटा पुराना (कवाडी) मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलगाी भएको खबर पाउने बित्तिक्कै प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको उहाँले बताउनुभयो ।