२७ वर्षदेखी भारतमा वेपत्ता हुनुभएका लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका किसान परियारको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङको विशेष पहलमा परियारको उद्धार गरिएको कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
लमजुङ प्रहरीले खोजतलास कार्यलाई विशेष चासो र प्राथमिकतामा राखी नेपाली राजदूतावास नयाँ दिल्ली, प्रहरी प्रधान कार्यालय, दिल्ली स्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललिपुर र परिवारसँगको आपसी सहयोग र समन्वयमा किसान परियारलाई उत्तर प्रदेश वासपत जिल्ला मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार परियारको स्वास्थ्य अवस्था सामान्य छ । वर्षौपछि आफन्त भेट्न पाउँदा अत्यन्तै खु्शी मिलेको परियारले बताउनुभयो ।