Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

कोसिस नेपालद्धारा ईलाका प्रहरी भोटेओडारलाई आत्महत्या संम्बन्धी तालिम संचालन

रेडियो भोटेओडार १३ असार २०७९, सोमबार १६:५४ मा प्रकाशित ( १ साल अघि) २०४५५ पाठक संख्या

चाँदनीअधिकारी
लमजुङको सुन्दरबजार नगरपालिकाको कुषि क्याम्पसमा सोमबार प्रहरीहरुलाई आत्महत्या संम्बन्धी तालिम संचालन गरिएको छ ।
कोसिस नेपालको आयोजनामा कार्यक्रम  हो ।

कोसिस नेपालका गण्डकी प्रदेश संयोजक सुदिप घिमिरेको अध्यक्षता एव्म सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख अतिथ्थतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका किरण खड्गी, सुदिप घिमिरे लगायतले प्रशिक्षण दिनुभएको थियो, भने २६ जना प्रहरीहरुको तालिममा सहभागीता रहेको संस्थाका ईन्द्र सेडाँईले जानकारी दिनुभयो ।

समुदायमा आत्महत्या रोकथाम न्यूनीकरणका लागि समुदायमा सचेतना फैलाउनु जरुरी रहेको र यसमा सबै पक्ष जुट्नुपर्ने सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोइरालाले बताउनुभयो ।

यसैगरी, कोसिस नेपाल गण्डकी प्रदेशको संयोजक सुदिप  घिमिरेले प्रशिक्षणको क्रममा जो कोईलाई पनि मनोसामाजिक समस्या हुन सक्ने र त्यस्तो विरामीहरुलाई स्वास्थ्य उपचार तथा सम्बन्धीत ठाँउमा पुराई मानसिक समस्या भएको बिरामीहरुलाई सल्लाह सुझाव दिन आवश्यक रहेको र प्रहरीले समय परिस्थिति अनसुार व्यवहार गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।

यस्तै, आत्महत्या गर्न चाहनाभएका व्याक्तिहरुले विभिन्न संकेत वा सुचना दिने गर्दछन, एक्लै बस्ने, टोलाउने, खाना नखाने, धेरै रिसाउने मनका कुरा कसैलाई सेयर नगर्ने, फरक खालको व्यवहार देखाउने जस्ता क्रियाकलाप गर्ने कोसिस नेपाल गण्डकी प्रदे्शको संयोजक सुदिप घिमिरेले बताउनुभयो ।

यसैगरि समयमा खाना नखाने र प्रर्याप्त समय निन्द्रा नपुगेमा पनि शारिरिक रुपमा कमजोर भई मानसिक समस्या देखा पर्ने हुन्छ, र यस्ता समस्याहरु समयमै पहिचान गरी तनाव यवस्थापन गर्नका लागी शारिरिक व्यायाम, व्याक्तिगत सरसफाइ गर्ने, कामहरु गर्ने, खेलहरु खेल्ने साथै पार्थना योगा गरेमा मनोसामजिक समस्या बाट टाढा रहन सकिन्छ, उहाँले भन्नुभयो, समस्याहरुलाई न्युनिकरण गर्नका लागी समुदायमा प्रहरी, प्रतिनिधिहरु, स्वास्थ्य क्षेत्रका स्वयंम् सेवक, पत्रकारहरुले विशेष ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।


FLASH NEWS