आज:  | Fri, 29, Sep, 2023

राइनास नगरपालिकाको सामाजिक परिक्षण सार्वजनिक : स्थानीय सरकालाई नागरिकप्रति थप जिम्मेवार र उतररदायी बनाउन टेवा पुग्ने

रेडियो भोटेओडार १३ श्रावण २०७९, शुक्रबार ०७:३६ मा प्रकाशित ( १ साल अघि) ६२५९ पाठक संख्या

लमजुङको राइनास नगरपालिकाको सामाजिक परिक्षण गरिएको छ । नगरपालिकाको समन्वय र लमजुङ मिडिया एक्सप्रेसकोआयोजनामा सामाजिक परिक्षण गरिएको हो । राइनास नगरपालिकाले वर्षभरीमा सम्पादन गरेका काम कार्वाही नागरिकसम्म पुर्याउनका लागि यस कार्यक्रम संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले
बताउनुभयो । स्थानीय सरकालाई नागरिकप्रति थप जिम्मेवार र उतरदायी बनाउने उद्धेश्यले सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण गरिएको उहाँले बताउनुभयो ।

सम्पादन गरेका काम नागरिकलाई जानकारी गराउने, समिक्षा गर्ने, प्राप्त उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धी प्राप्तिका लागि सबैको राय, सल्लाह सुझाव लिन पनि यस्ता कार्यक्रमले सघाउँछ,’ उहाँले भन्नुभयो । राइनास नगरपालिकाको सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण स्थानीय तहका क्षेत्रमा काम गर्दै आउनुभएका सन्तोष दनाइँले प्रस्तुत गर्नुभएको हो । कार्यक्रमकै अवसरमा सरोकारवालाहरुले कृषि, पशुपालन क्षेत्रमा युवाहरुको आकर्षण बढाइ उनीहरुलाई घरगाउँमै स्वरोेजगार बनाउने, नगरक्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापनका साथै विकास निर्माणका क्षेत्रमा सबैको साथ सहयोगमा प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

समग्र नगरक्षेत्रका विकासका साथै  जनहितमा काम गर्न आफुहरु सधैँ तत्पर रहेको राइनास नगरपालिकाका मेयर खड्गबहादुर
गुरुङले जानकारी दिनुभयो । स्थानीय सरकारका सेवा सुविधा चुस्तदुरुस्त रुपमा नागरिकसमक्ष पुर्याउन आफुहरु प्रतिवद्ध रहेको नगरपालिकाका उपमेयर पुष्पराज खनालले बताउनुभयो । कार्यक्रममा लमजुङ मिडिया एक्सप्रेसका निर्देशक नवीनराज कुइँकेल, नेपाल पत्रकार महासंघ लमजुङका सचिव रुद्रहरि ढकाल, नेपाल पत्रकार महासंघ, लमजुङका सह–सचिव श्यामशितल परियार, राइनास नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक लगायत सरोकारवालाको उलेख्य सहभागिता रहेको कार्यक्रमको सहजीकरण शिक्षा शाखा, राइनास नगरपालिकाका पूर्णबहादुर नेपालीले गर्नुभएको हो ।


FLASH NEWS