लमजुङको सुन्दरबजार नगरपालिका स्थित भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षाका विद्यार्थीका लागि पिङ र चिप्लेटी निर्माण गरिएको छ । स्थानीय शिक्षाप्रेमी गोविन्दबहादुर कुवँर र धु्रवबहादुर कुवँरको पहलमा भक्ति नमूना विशेष श्रोत कक्षालाई सहयोग गरिएको हो । हाम्रो ठाउँ, हाम्रो अभियान’ सेसेल्सका सल्लाहकार सुरेन्द्र कुवँरले जानकारी दिनुभयो । पूर्व अफ्रिकी देश सेसेल्समा रहेको । हाम्रो ठाउँ, हाम्रो अभियान’ संस्थामार्फत भक्ति नमूना माविको विशेष श्रोत कक्षाका विद्यार्थीहरुलाई खेल्नका लागि सहज होस् भन्ने
उद्धेश्यले फलामे पिब र चिप्लेटी निर्माण गरिएको उहाँले बताउनुभयो । बुधबार एक कार्यक्रमका बीच नवनिर्मित पिङ र चिप्लेटी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
हाम्रो ठाउँ, हाम्रो अभियान’ सेसेल्सका सल्लाहकारद्धय सुरेन्द्र कुवँर र भानुभक्त विकले संयुक्त रुपमा नवनिर्मित पिङ र चिप्लेटी भक्ति नमूना मावि विशेष शिक्षा कक्षालाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा भक्ति नमूना माविका अध्यक्ष एवं सुन्दरबजार नगरपालिका ९ का वडाअध्यक्ष मनराज गुरुङ, सुन्दरबजार नगरपालिका ८ का वडाअध्यक्ष विजेन्द्र थापा, भक्ति नमूना माविका शिक्षक प्रतिनिधि ओम भुजेल, भक्ति नमूना माविका पूर्व प्रधानाध्यापक गोविन्दबहादुर कुवँर, भक्ति आदर्श क्याम्पसका अध्यक्ष धु्रवबहादुर कुवँर, ज्येष्ठ नागरिक समाज, लमजुङका अध्यक्ष नारायणबहादुर कुवँर, नेपाल पत्रकार महासंघ, लमजुङका अध्यक्ष परमेश्वर अधिकारी, विशेष शिक्षा कक्षाका श्रोत शिक्षक प्रेमनीधि सापकोटा लगायत स्थानीयको समेत उपस्थिती रहेको थियो । भक्ति नमूना मावि विशेष शिक्षा कक्षामा हाल १९ जना विद्यार्थी अध्यननरत रहेका विशेष शिक्षा कक्षाका श्रोत शिक्षक सापकोटाले बताउनुभयो । पिङ र चिप्लेटी निर्माण भएसंगै विद्यार्थीलाई खेल्न सहज हुने र खेलबाट उनीहरुमा सिर्जनात्मक रचनात्मकताको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । पूर्वी अफ्रिकी देश सेसेल्समा रहेको । हाम्रो ठाउँ, हाम्रो अभियान’मा लमजुङ र तनहुँका गरी ४० जना आवद्ध रहेका अभियानका अध्यक्ष राजेन्द्र कुवँरले बताउनुभयो । अभियानमा आवद्ध सदस्यहरुबाट सहयोग रकम संकलन गरी विगत १० वर्षदेखी
विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष कुवँरले बताउनुभयो ।