Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

जिल्लामा शान्ति सुरक्षा कायम राख्न सदैव अघि बढ्ने लमजुङका डिएसपी प्रकाश श्रीमलको भनाइ : आगामी कार्यगत प्राथमिकताहरु बारे जानकारी

रेडियो भोटेओडार ३ भाद्र २०७९, शुक्रबार १८:०४ मा प्रकाशित ( १ साल अघि) ९७०३ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमल जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । लमजुङ प्रहरी प्रमुखको रुपमा आउनुभएका डिएसपी श्रीमलले बुधबार पत्रकार भेटघाटमार्फत जिल्ला प्रहरी कार्यालय, लमजुङको आगामी कार्यगत प्राथमिकताहरुबारे जानकारी गराउँदै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । जिल्लामा महिलासँग सम्बन्धित अपराध नियन्त्रण, रोकथाम र सचेतना, गुण्डागर्दी, हो हल्ला, सामाजिक अपराध र सामाजिक अपराध नियन्त्रण, लागू औषध दुर्व्यसन र ओसारपसार नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, सवारीसँग सम्बन्धित नियमहरु नियमन र सचेतना, फैसला कार्यान्वयनमा प्राथमिकता ९फरार प्रतिवादीहरु पक्राउ अवैध जडिवुटि तथा अखेटोपहार ओसारपसार नियन्त्रण, जग्गा प्राप्ती, आवास तथा भौतिक निर्माण, उन्नत प्रहरी व्यवहारमा प्राथमिकता र प्रहरी कर्मचारीहरुमा आपसी सद्भाव, सामाजिक सञ्जालको दुरुपयोगसँगै मौलाउदो बिद्युतीय अपराध न्यूनीकरण लगायतका क्षेत्रमा अघि बढिने उहाँले बताउनुभयो । यसका लागि समुदायमा सचेतना र प्रहरी परिचालन गरिने यसबाट शान्ती सुरक्षा कायम हुनुका साथै अपराध रोकथाममा टेवा पुग्ने जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो ।


FLASH NEWS