Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

इलाका प्रहरी कार्यालय, भोटेओडारद्धारा ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन : सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्य

रेडियो भोटेओडार ३ भाद्र २०७९, शुक्रबार २१:०९ मा प्रकाशित ( १ साल अघि) १३३७८ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको इलाका प्रहरी कार्यालय, भोटेओडारले ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । ट्राफिक नियमसम्वन्धी सचेतना फैलाई सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्धेश्यले सुन्दरबजार नगरपालिका क्षेत्रको सिउँडीबार र भोटेओडार कृष्ण बगैँचा क्षेत्रमा ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरिएको इलाका प्रहरी कार्यालय, भोटेओडारका प्रमुख एवं प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बिहिबार सिउँडीबार, पाउँदी क्षेत्र र शुक्रबार भोटेओडार कृष्ण बगैँचामा सचेतामुलक प्लेकार्डसहित यससम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । १५ वटा अटो रिक्सा, सार्वजनिक बस, ट्रक ९ वटा, नीजि कार, मोटरसाइल २३ वटा, टयाक्टर, जीप चार वटा, बोलेरो जीप ६ वटा गरी ५७ वटा सवारी साधनका चालक, सहचालकका साथै यात्रु र पैदल यात्रीलाई ट्राफिक नियमसम्वन्धी जानकारी गराइएको उहाँले बताउनुभयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय, लमजुङले कार्यगत प्राथमिकतालाई कार्यन्वयन गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले प्राथमिकतामा राख्नुभएको सवारी दुर्घटना न्यूनिकरण, नियमन र सचेतनाको काम थालिएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुको संयुक्त प्रयासमा सवारी दुर्घटना न्यूनिकरण, नियमन र सचेतनामुलक कार्य भइरहेको छ । सवारी नियम उल्लघंन गर्ने सवारी साधन तथा चालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सवारी नियम सम्बन्धी सम्झाई बुझाई गरिएको प्रहरी नायव उपरीक्षक श्रीमलले बताउनुभयो ।

सवारी चालक अनुमति पत्र नभई सवारी चलाएको, स्वरुप परिवर्तन गरेको, मापदण्ड अनुसार नभएको नम्वर प्लेट र रुट प्रमिटहरु नभएको जस्ता सवारी नियम उल्लघंन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदिश रेग्मीले बताउनुभयो । कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ ।


FLASH NEWS