Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

राजशान्ति फाउन्डेशनद्धारा भक्ति नमुना माविका बहिरा बालबालिकालाई ट्रयाक सुट सहयोग

रेडियो भोटेओडार ५ भाद्र २०७९, आईतवार २०:३१ मा प्रकाशित ( १ साल अघि) १८९८५ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरिएको छ । राजशान्ति फाउण्डेसन, बेलायतले भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको फाउण्डेसनका संस्थापक शान्ति सुनारले बताउनुभयो । आफु पढेको विद्यालयसम्म आइ विशेष श्रोत कक्षाका विद्यार्थीहरु लाई सहयोग गर्न पाउँदा आफुलाई खुशी मिलेको र आगामी दिनमा पनि सहयोग गर्ने फाउण्डेसनका संस्थापक सुनारले बताउनुभयो । संस्थापक सुनारसंगै संस्थाका सचिव समीप सुनारले संयुक्त रुपमा भक्ति नमूना माविका सहायक प्रधानाध्यपक रमाकान्त अधिकारी सहितको उपस्थितीमा विद्यार्थीहरुलाई सहयोगस्वरुप ट्रयाकसुट आइतबार हस्तान्तरण गरिएको हो । भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई पठनपाठनमा सघाउ पुर्याउने उद्धेश्यले सहयोग प्रदान गरिएको फाउण्डेसनका संस्थापक एवं सुन्दरबजार नगरपालिका ९ फूलबारी निवासी हाल युकेमा कार्यरत राजकुमार (राजु) सुनारले जानकारी दिनुभयो । भक्ति नमूना माविका विशेष श्रोत कक्षामा हाल २२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुलाई सहयोग गरेकोमा सहयोगी संस्थापति भक्ति नमूना माविका सहायक प्रधानाध्यपक रमाकान्त अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सुन्दरबजार नगरपालिका ८ का वडाअध्यक्ष विजेन्द्र थापा, राजशान्ति फाउण्डेसनका नेपाल सचिव समिप विश्वकर्मा, भक्ति नमुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धुव्रबहादुर कुँवर, भक्ति नमुना माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक रमाकान्त सापकोटा, विशेष कक्षाका शिक्षक प्रेमनिधि सापकोटा,  सञ्चारकर्मी राजन परियारलगायतको उपस्थिति थियो ।

सुनार दम्पतीले आफूले कमाएको केही प्रतिशत रकम फाउण्डेसन मार्फत सामाजिक काममा खर्चिनका लागि श्रीमान श्रीमतीको नाउँमा फाउण्डेसन खोल्नुभएको हो । फाउण्डेसन मार्फत दम्पत्तिले नेपालमा विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै सामाजिक सेवा गर्दै आउनुभएको छ । दुखी गरिवको उपचारमा आर्थिक सहयोग, विद्यालय, आमा समूह, युवा क्लव तथा विभिन्न संघ संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग गर्दै आउनुभएको छ । आफ्नो स्वर्गीय बुवा पूर्णबहादुर सुनारको प्रेरणाले आफूले कमाएको केही प्रतिशत रकम सामाजिक काम र सेवामा खर्चिने गरेको राजकुमार सुनारले बताउनुभयो ।

आफनो स्वं बुवाको प्रेरणाबाट सामाजिक काममा लाग्नु भएका सुनारले केही समय अगाडी आफ्नै सृजनामा एउटा मर्ने बाटो बोलको गीत सार्वजनिक गर्नु भएको छ । बुवा आमाको सम्मान स्वरुप उहाँले लेख्नु भएको गीतमा बरिष्ट धुन सम्राट एवम गायक बिबि अनुरागीले संगीत भरेर गाउनु भएको छ । उक्त गीतको भिडियो हेर्न तलको लिंकमा छ ।

 


FLASH NEWS