Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

लमजुङमा पशुपालनमा किसानको आकर्षण : जिल्लामा गतवर्ष १६ हजार मेट्रिक टन दूध र ३१ सय मेट्रिकटन मासु उत्पादन

रेडियो भोटेओडार ७ भाद्र २०७९, मंगलवार १९:२९ मा प्रकाशित ( १ साल अघि) १००८१ पाठक संख्या

लमजुङमा व्यवसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पशुपालनका लागि उपयुक्त हावापानी, चरन क्षेत्र रहेको र पशुजन्य उत्पादनको माग, मूल्य दुवै राम्रो रहेकाले पनि  जिल्लामा व्यवसायिक पशुपालनमा किसानको आकर्षण बढ्दो रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विदेशबाट फर्किएका साथै स्वदेशमै रहेका युवाहरु व्यवसायिक रुपमै गाईपालन, भैँसीपालन, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, माछापालन लगायतका व्यवसायमा जुटिरहेका छन् । विज्ञ केन्द्रको २०७८÷०७९ को तथ्यांकअुसार जिल्लामा १६ हजार ६ सय ८० गाई, ३६ हजार ४ सय ३५ भैँसी, १ लाख ३८ हजार ४ सय ५० बाख्रा, १३ हजार ५ सय ४० भेँडा, ७ हजार ९ सय ६५ सुंगुर÷बंगुर र २ लाख ७७ हजार ५ सय १० संख्यामा कुखुरा पालिएका छन् ।
जिल्लामा व्यवसायिक पशुपालक किसानको संख्या बढेसंगै पशुको संख्या र पशुजन्य उत्पादनमा वृद्धि भएको छ । गतवर्ष जिल्लामा ३ हजार ६ सय ६७ मेट्रिक टन गाईको दूध र १२ हजार ४ सय ६४ मेट्रिक टन भैँसीको दूध गरी १६ हजार १ सय ३१ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ । यसैगरी, लमजुङमा गतवर्ष ३ हजार एक सय ३४ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा लमजुङमा राँगा÷भैँसीको मासु एक हजार तीन सय १७ मेट्रिक टन, खसी ९ सय ५५ मेट्रिक टन, कुखुराको मासु ६ सय ८८ मेट्रिक टन, बंगुरको मासु २ सय ३२ मेट्रिक टन, भेँडाको मासु ९२.५ मेट्रिक टन र माछा ४७.८ मेट्रिक टन गरी जम्मा ३ हजार एक सय ३४ मेट्रिक मासु उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । जिल्लामा मासु र दूधको माग ज्यादा रहेकाले मागअनुसार उत्पादनले पुर्याउन नसकिएको उहाँले बताउनुभयो ।


FLASH NEWS