आज:  | Sat, 30, Sep, 2023

लमजुङमा कार्यरत पर्वतका इन्स्पेक्टर जगदिश रेग्मी गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

रेडियो भोटेओडार ७ भाद्र २०७९, मंगलवार २१:५३ मा प्रकाशित ( १ साल अघि) १००१८ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश रेग्मी साउन महिनामा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनुर्भको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले उहाँलाई कार्यसम्पादनको आधारबाट साउन महिनामा प्रदेशकै सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई दिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तब्यनिष्ठ भई बृद्धा महिलालाई जवरजस्ती करणी गरि पीडितको साथबाट नगद चोरी भागी फरार, फरक क्षमता भएकी महिलालाई जवरजस्ती करणी पश्चात हत्या गरी फरार प्रतिवादीहरु र अबैध पेस्तोल सहित मानिस पक्राउ गरी कानूनी दायरामा ल्याई सर्वोत्कृष्ट कार्य गरेकोले सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी छनौट कार्यविधी–२०७९’ अनुसार २०७९ श्रावण महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी ९बेष्ट प्रोभिन्स पोलिस अफ दि मन्थ’ घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले जानकारी  दिनुभएको छ ।

प्रहरी निरीक्षक रेग्मीले सांगठनिक मुल्य–मान्यतालाई आत्मसात गरी आदेश तथा निर्देशनको पालना गरेर व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले आफ्नो कर्तव्यपथमा तल्लीन रहेको र उच्च मनोवल तथा साहसका साथ कर्तव्य पालना गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
पर्वत जिल्ला फलेवास नगरपालिका १०, कुर्घा घर भएका प्रहरी निरीक्षक रेग्मी २०७८ बैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत हुनुहुन्छ । उहाँले २०७२ साल असोज १ गते प्रहरी निरिक्षक पदमा नाम निकालेर प्रहरी सेवामा लाग्नु भएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयबाट साउन महिनामा सर्वोत्कृष्ट घोषित प्रहरी निरीक्षक जगदिश रेग्मीले यो उपाधिबाट आफूमा जनताको पक्षमा रहेर, पीडितको पक्षमा रहेर काम गर्ने थप हौसला मिलेको बताउनुभयो । उहाँले सधैं नागरिकप्रति जवाफदेही भएर सेवा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।


FLASH NEWS