आज:  | Sat, 30, Sep, 2023

विदेशबाट फर्केर बङ्गुरपालनमा, जसले महिनाको लाख सजिलै टिपछन ।

रेडियो भोटेओडार ११ भाद्र २०७९, शनिबार १५:१७ मा प्रकाशित ( १ साल अघि) ९८०८ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङ । राइनस नगरपालिका ७, बगर टोल निवासी हुन कृष्ण गुरुङ् । कुनैबेला विदेशी भूमि साउदीमा हुईहुई गर्दे लेबर काम गर्थे । विदेशी भुमि साउदीमा २५ हजार बचाउन मुस्किल थियो उनलाई, तर अहिले उनी सजिलै महिनाको एक लाख टिपिरहेका छन ।’
बङ्गुर पालनमा जमेका कृष्ण गुरुङ् बङ्गुरहरु बाट टन्न पैसा टिपिरहेको बताउनुहुन्छ । उनी, भन्छन् सबै साथीहरु विदेश गएका देख्दा आफु पनि गइयो, जति दुख गरे पनि महिनाको २५ देखि ३० हजार टिप्न सक्थे, अहिले घर परिवारमै रमाएर महिनाको लाख टिपिरहेको छु ।’
विदेश जाने, चिटिक्क परेको घर बनाउने र श्रीमती बाआमा छोराछोरीहरुलाई राम्रो शिक्षा दिने र खुुसी सुखी जिवन बिताउने सपना बुनेर विदेश गएको उनी बताउछन् । उनले भने, तर घर बनाउने, बाआमा छोराछोरीहरुलाई राम्रो शिक्षा दिने र सुखि खुसी जिवन बिताउन यही कमाइ बाट हुन लेखेको रहेछ ।
विदेशबाट छुट्टीमा घर आएका उनी नेपालमै पुख्र्यौली पेशा बङ्गुर पालनमा लाग्नु भयो कुष्ण गुरुङ् सुरुमा उहाँले २५ लाख रुपैया लगानी बाट व्यवसय सुरु गर्नुभयो ।
२०६८ सालबाट व्यवसय सुरु गर्नुभएर्को उहाँको खोरमा हाल एक सय पचास संख्यामा बङ्गुरहरु रहेका छन । आफ्नै घर गाँउमा बसेर ‘उहाँले वार्षिक १२ लाख रुपैया आम्दनी लिनुहुन्छ ।’
उत्पादीत बङ्गुरहरुलाई छिमेकी जिल्ला गोरखा, तनँहु लगायतका जिल्लाहरुमा बजार व्यस्थापन गर्दै आउनुभएको छ ।

विस्तारै यस व्यवसयलाई थप व्यवस्थीत बनाउदै लैजाने योजना रहेको पनि उहाँले बताउनुभयो ।’


FLASH NEWS