Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्य उमेदवारका लागि सिफारिस

रेडियो भोटेओडार १९ भाद्र २०७९, आईतवार २१:४१ मा प्रकाशित ( १ साल अघि) १४११३ पाठक संख्या

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उमेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उहाँ वि.स. २०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिजयी हुनुभएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धनबाट उमेदवार बन्नुभएको थियो ।
उहासंगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ । समानुपातिकमा मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ । प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ । प्रदेश ख मा बिमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।
प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिला जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ ।
जिल्ला संयोजक लालबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पारसमणी पौडेल, केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, विमल अधिकारी, देवेन्द्र पराजुली, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतको उपस्थिति थियो ।
बैठकले जिम्मेवारी बाँडफाँड पनि गरेको छ । जिल्ला समन्वय समितिको सचिवमा रामचन्द्र पौडेललाई चयन गरेको छ । निर्वाचन परिचालन समन्वय समितिको प्रदेश क को इन्चार्जमा मधु अधिकारी गुरुङ, संयोजकमा निराजन कुँवर तोकिएको छ । प्रदेश ख को इन्चार्जमा बुद्धिराम गुरुङ र संयोजकमा सुनिल सुनारलाई तोकिएको छ । कार्यालय सचिवको जिम्मेवारी हरिजङ तामाङलाई दिइएको छ ।


FLASH NEWS