Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

रेडक्रस लमजुङद्धारा दोर्दी गाउँपालिकामा सचेतनामुलक सडक नाटक प्रदर्शन

रेडियो भोटेओडार २० भाद्र २०७९, सोमबार १९:०६ मा प्रकाशित ( १ साल अघि) १२६८५ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिकामा सडक नाटक प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले दोर्दी गाउँपालिकाका विभिन्न ठाउँमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी लमजुङ जिल्ला शाखाद्वारा दोर्दी गाउँपालिकामा सञ्चालित समावेशी समुदाय निर्माणमा अपांगता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रमअन्तर्गत दोर्दी गाउँपालिका ८ हिलेबजार र वडा नंः ४ शेरामा अपांगता सशक्तिकरण र विपद् जोखिम न्यूनीकरण सम्वन्धी सडक नाटक प्रदर्शन गरिएको नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो ।
समुदाय र स्थानीय तहले अपांगता प्रति गर्नु पर्ने दायित्व र भूमिकालाई उजागर गरी अपांगता भएका व्यक्तिले पनि अवसर पाएमा अन्य व्यक्ति सरह समाजमा सक्रिय रही आफ्नो जीवन निर्वाह गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले सडक नाटक देखाइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा रेडक्रस लमजुङका सभापति दिपक राज बराल, मन्त्री सुशील चन्द्र अधिकारी, शाखा विकास अधिकृत श्रीकान्त घिमिरे र फिल्ड सुपरभाइजर रश्मि तामाङ लगायतको सहभागीता रहेको थियो ।
सडक नाटकबाट अपांगता परिचय पत्र वितरणको प्रक्रियाबारे आफुलाई राम्रो ज्ञान हासिल भएको दोर्दी गाउँपालिका ४ का वडा अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।
नाटक हेरेपछि दर्शकहरूले यो सडक नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको, अपांगता भएका व्यक्तिको हक अधिकारलाई उजागर गरेको महशुस भएको प्रतिक्रिया दिएका थिए ।


FLASH NEWS