Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

इप्रका भोटेओडारद्धारा फरार अभियुक्त गुरुङ लागुऔषध सहित पक्राउ

रेडियो भोटेओडार २५ भाद्र २०७९, शनिबार ११:४९ मा प्रकाशित ( १ साल अघि) २५७८९ पाठक संख्या

लमजुङको भोटेओडारबाट प्रहरीले लागुऔषध सहित एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । चोरी मुद्धामा फरार २९ वर्षीया रोल्के भनिने डिलराज गुरुङलाई लागु औषधसहित बिहिबार दिउँसो ४ बजे भोटेओडार तल्लो बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लमजुङ भोटेओडारका प्रमुख एवं प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।

दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार बनरपालिका ९ धारापानिमा बस्दै आएका गुुरुङ लागु औषध सहित शकास्पद अवस्थामा हिडिरेको भन्ने सुचनाको आधारमा आफनो टिम पठाएर पक्राउ गरेको उहाँले बताउनु भयो ।
गुरुङलाई पक्राउ गरी आवश्यक प्रकृया पुरा गरेर जिल्ला प्रहरी कार्यालय,लमजुङलाई बुझाइएको प्रहरी निरीक्षक तिमिल्सनाले बताउनुभयो ।
प्रहरीका अनुसार गुरुङ २ बर्ष अगाडी चोरी मुद्धामा फरार रहेको अभियुक्र हुन । उनले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भुक्ततान गर्न बाकि रहेको छ ।
कानुन अनुसार खानतालसी गर्दा गुरुङको साथबाट १० पोका गाँजा (५१३ ग्राम)फेला परेको छ । यतिबेला गुरुङलाई यहि भाद्र २४ गतेको मितिबाट सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि लागुऔषध (गाँजा) मुद्धामा अनुसन्धान भइरहेको जिप्रका लमजुङका प्रहरी निरिक्षक एवम सुचना अधिकारी जगदिस रेग्मीले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालयको निर्देशन, समन्वयमा सुन्दरबजार नगरपालिका क्षेत्रमा लागु औषध दुव्यर्सनी न्यूनीकरण, गुण्डागर्दी नियन्त्रण साथै सामाजिक विकृति, विसंगति न्यूनीकरणका क्षेत्रमा इलाका प्रहरी कार्यालय, भोटेओडार निरन्तर जुटिरहेको इन्स्पेक्टर तिमिल्सनाले बताउनुभयो ।

 


FLASH NEWS