चाँदनी अधिकारी
जिल्ला प्रहरी कार्यलय लमज·द्धरा मध्य राती साँढे दस बजेको समयमा लागू औषध सहित एक जना मानिस प्रकाउ गरिएको छ ।
आईतबार रातको समयमा ईलका प्रहरी भोटेओडारका प्रहरी निरिक्षक राजन तिमिल्सीना लगायत सुन्दरबजार नगरपालिका ७, पाँउदी बजार स्थित खटिएका प्रहरीहरुले सवारी चेकजाँचका क्रममा प्रकाउ गरिएको हो ।
काठमाण्डौबाट बेशिसहरतर्फ आउदै गरेको हाईसमा सवार व्यत्तिm लाई शंका लागी खोजतलासी गर्दा प्रहरीले मस्र्या·दी गाँउपालिका वडा नं ७, नयागाँउ घर भई हाल बेशीसहर नगरपालिका ७, बस्ने नितेश गुरुङ् भनिने ओम प्रकाश गुरुङको साथबाट लागु औषध बरामद गरिएको इलका प्रहरी भोटेओडारका प्रहरी निरिक्षक राजन तिमिल्सीनाले बताउनुभयो ।र्
उहँका अनुसार गुरुङको साथ बाट प्रहरीले ट्रमडल ट्याबलेट १५०० सय थान निट्रभाट दस ट्याबलेट ८५ थान र स्यामसुङ मोबाइल एक थान फेलापारी बरामद गरिएको तिमिल्सीनाले जानकारी दिनुभयो ।
प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई सोमबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागू औषध मुद्धामा अनुसन्धान अधि बढाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।