आज:  | Sat, 30, Sep, 2023

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) लमजुङको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा किरण न्योपाने  सर्वसम्मत

रेडियो भोटेओडार २ आश्विन २०७९, आईतवार ०६:२३ मा प्रकाशित ( १ साल अघि) ९७२४ पाठक संख्या

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) लमजुङको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा भक्ति नमुना मा.वि सुन्दरबजारका शिक्षक किरण न्यौपाने लाई चयन गरेको छ । शनिवार भक्ति नमुना माविको सभाहलमा भएको जिल्लाको चौथो अधिवेशनले न्यौपानेलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिता देवकोटा र रविन्द्र न्यौपाने, सचिवमा श्रीकृष्ण घिमिरे, सहसचिवमा राजु केसी, कोषाध्यक्षमा प्रदिप अधिकारी चयन हुनभएको छ भने सदस्यहरुमा निश्चल ढकाल, सुदिप कोइराला, हरि बहादुर रावत, चन्द्रकला अधिकारी, अर्जून सूयल, शोभा के.सी र उदयचन्द्र कडेल रहनुभएको छ ।

जिल्ला अधिवेशन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)का केन्द्रिय सहअध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष शंकर तिवारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले साविक उच्च मावि दरबन्दी र अनुदान कोटामा रही कार्यरत शिक्षकहरुलाई राज्यले स्थायी दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी पदपूर्ति गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी उहाँले शिक्षा क्षेत्र र शिक्षकहरुको पेशागत हकहितकामा देखिएको समस्याहरुलाई राज्यले जिम्मेबारपूर्ण रुपमा हल गर्नुपर्ने बताउदै यसका लागि विगतदेखि आफूहरु आन्दोनमा रहेकोले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

कार्यक्रममा हिस्टुन कास्की जिल्ला अध्यक्ष चक्रपाडी सुवेदी, पोखरा महानगर कमिटी अध्यक्ष यदु पोखरेल, भक्ति नमुना माविका प्रअ यज्ञराज घिमिरे, नेपाल शिक्षक संघ लमजुङ जिल्ला अध्यक्ष शिव प्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष हस्त बहादुर गु्रुङ, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष सिताराम अधिकारी लगायतले बोल्दै उच्च माविमा अध्यापनरत शिक्षकहरु लगायत विभिन्न थरीका शिक्षकहरुको समस्या र शिक्षा क्षेत्रका अन्य निजीगत समस्याहरु समाधानमा राज्य उदासिन हुन नहुने र तत्कान सम्बोधन गरी समस्याको उपर्युक्त समाधान गर्नुपर्ने बताउनुभयो ।

हिस्टुन जिल्ला उपाध्यक्ष बासुबाबु पाण्डेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव किरण न्यौपाने गर्नुभएको थियो भने कार्यक्रम जिल्ला अध्यक्ष अमृतबाबु सुवेदीको अध्यक्षतामा भएको थियो ।


FLASH NEWS