Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

रेडियो भोटेओडार संचालनको एक दशक पुरा

रेडियो भोटेओडार ९ आश्विन २०७९, आईतवार १६:५३ मा प्रकाशित ( १ साल अघि) १३४६२ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको सामुदायिक रेडियो रेडियो भोटेओडार ९०.८ मेगाहर्ज संचालनको एक दशक पुरा भएको छ । २०६९ साल असोज ६ गतेबाट आफ्नो प्रशारण सुरु गरेको यस रेडियोले बिहिबारबाट आफ्नो प्रशारणको एक दशक समय पुरा गरेको हो ।
सोही अवसरमा जागरण सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित यस रेडियोले एक कार्यक्रमका बीच एघारौँ वार्षिकोत्सव तथा साधारणसभा मनाएको छ ।
रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा रेडियोका ज्येष्ठ शेयर सदस्य एवं समाजसेवी क्याप्टेन खरजंग गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याप्टेन गुरुङले सबैको साथ, सहयोग र समन्वयले रेडियो यो स्थानसम्म आइपुगेको बताउनुभयो ।
रेडियो भवन निर्माण प्रकृयामा पनि अघि बढेकाले रेडियो परिवारलाई सबैको साथ, सहयोग आवश्यक पर्ने र यसमा सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कार्यक्रमकै अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन पनि रेडियोका अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
रेडियोले स्थापनाकालदेखी हालसम्म रेडियोले विभिन्न उपलव्धी हासिल गरेको, समुदायमा सरल, सहज रुपमा सूचना सन्देश जानकारी पुर्याउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
रेडियोका आफ्नै भवन नभएकाले विविध समस्याहरु ब्यहोर्नुपरेको उहाँले बताउनुभयो ।
प्राप्त उपलव्धीलाई संस्थागत गर्दै भावी दिनमा रेडियोलाई प्रभावकारी रुपमा अघि बढाइने योजना रहेको उहाँले बताउनुभयो ।
रेडियोका सामग्रीलाई नवीनतम प्रविधिका माध्यमबाट नागरिकसम्म पुर्याउने अभियानमा पनि आफुहरु रहेको उहाँको भनाइ छ । यसका साथै स्थानीय सरकार, शुभेच्छुकका साथै सहयोगी व्यक्ति तथा संघसंस्थाको साथ, सहयोग र समन्वयमा भवन निर्माण गर्ने योजना रहेको बताउँदै अध्यक्ष अधिकारीले श्रोता वृद्धि गर्ने खालका विभिन्न रेडियो सामग्री उत्पादन प्रशारणमा पनि रेडियो लागिपर्ने उहाँको भनाइ छ ।
रेडियो भोटेओडारका वरिष्ठ उपाध्यक्ष नारायणबहादुर कुवँरले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमाले सुन्दरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ, नेकपा माओवादी केन्द्र सुन्दरबजार नगर कमिटिका अध्यक्ष मुरारी भुजेल, राप्रपा सुन्दरबजार नगर कार्य समितिका सभापति विष्णु खड्का, सुन्दरबजार नगरपालिका ९ का वडाअध्यक्ष मनराज गुरुङ, भोटेओडार काठमाडौँ मन्चका अध्यक्ष श्रीकान्त सापकोटा, शेयर सदस्य रविकला अधिकारी, समाजसेवी लवराज ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रेडियोका उपाध्यक्ष रामप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले रेडियोको श्रीवृद्धिका लागि सबैको पक्ष जुट्नु आवश्यक रहेको र आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका ८ का वडाअध्यक्ष विजेन्द्र थापा, भक्ति आदर्श क्याम्पसका अध्यक्ष धुवबहादुर कुवँर, भक्ति नमूना माविका प्रअ यज्ञराज घिमिरे, सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँल, भोटेओडार तार्दी खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रितम अधिकारी, भोटेओडार सार्वजनिक पुस्तकालयका अध्यक्ष वसन्तराज खनाल लगायत स्थानीय जनप्रतिनिधिका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, शेयर सदस्यहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचलन भने रेडियो भोटेओडारका सचिव भीमबहादुर कार्कीले गर्नुभएको हो ।
यस रेडियोले स्थापनाकालदेखी नै स्थानीय, राष्ट्रिय समाचारका साथै विभिन्न मनोरञ्जनात्मक एवं सचेतनामुलक रेडियो कार्यक्रम उत्पादन प्रशारण गर्दै आएको छ ।


FLASH NEWS