Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलिय गठबन्धनको निश्चत : देवप्रसाद गुरुङ

रेडियो भोटेओडार १५ आश्विन २०७९, शनिबार ०७:१९ मा प्रकाशित ( १ साल अघि) ९७४५ पाठक संख्या

 श्यामशितल परियार –

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले  सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलिय गठबन्धनले निश्चत गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, लमजुङले शुक्रबार लमजुङ कृषि क्याम्पस सुन्दरबजारमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आपसमा सहकार्य गरी चुनावमा जाने आफ्नो पार्टीका साथै पाँच दलिय गठबन्धनले निश्चित गरिसकेको बताउनुभएको हो ।
प्रत्यक्षतर्फका उम्मेदवारको सन्दर्भमा अधिकांश सीटमा सहमति जुटिसकेको उहाँले बताउनुभयो । ‘शीर्ष नेताहरुले माइन्युट गरी सिग्नेचर गरिसकेको अवस्था त छैन,’ उहाँले भन्नुभयो, ‘तर कार्यदलको एक सदस्यको हैसियतले कार्यदलमा चलेको गृहकार्यका आधारमा एउटा मापदण्डका आधारमा प्रत्यक्षतर्फका ८० प्रतिशत भन्दा बेसी सीटमा सर्वसहमति देखिन्छ । खासै विमति देखिदैँन । केही १०÷१५ प्रतिशत सीटमा नेताहरुबीचमा गृहकार्य गर्नुपर्ने, छलफल गर्नुपर्ने गिभ एण्ड टेक गर्नुपर्ने खालका कुरा बाँकी छन् ।’
त्यसका लागि पाँच दलका नेताहरु आपसी सल्लाह गरी, अनुकल समयमा बैठक बसेर टिकट वितरण हुनु अगावै २÷३ अवधीभरमै टुंग्याउनुपर्ने कुरा भएको छ, उहाँले जानकारी गराउनुभएको छ ।
लमजुङको हकमा अबको चुनावमा प्रतिनिधिसभातर्फ आफुलाई अघि बढ्न प्रस्ताव भएको र दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदरवालाई अघि बढाउने पाँच दलको कार्यदल स्तरमा सहमति भएको महासचिव गुरुङले उल्लेख गर्नुभयो ।
जन्मथलो मनाङ भएतापनि आफ्नो कर्मथलो लमजुङ भएको र लमजुङले एउटा पार्टीका महासचिवको जिम्मेवारी पाएको उल्लेख गर्दै यो जिम्मेवार, अवसर समग्र जिल्लाको विकास र समृद्धिका लागि उपयोगी हुनसक्ने उहाँले बताउनुभयो ।
प्रेस सेन्टर नेपाल, लमजुङका अध्यक्ष रविन्द्र लामिछानेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्र, प्रदेशका साथै जिल्ला स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।

 


FLASH NEWS