Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिष्पर्धा

रेडियो भोटेओडार २५ आश्विन २०७९, मंगलवार ०८:१४ मा प्रकाशित ( १ साल अघि) १३८१९ पाठक संख्या

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
संघतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।
उहाँहरुले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस्तै, सत्ता गठबन्धनबाट प्रदेश सभातर्फ प्रदेश सभा ‘क’ र प्रदेश सभा ‘ख’मा कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेबाट प्रदेश सभा (क) मा संविधानसभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख)मा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसंग कुरा गर्दै प्रतिनिधि सभाका उम्मेदवार देव गुरुङले लमजुङको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
देश र जनताको सेवाका साथै मुलुकको संसद र सरकार संचालनका लागि सिनियर व्यक्ति अघि बढ्नपर्ने आवश्यकता रहेको पार्टीको आशा अपेक्षालाई ध्यानमा चुनावी प्रकृयामा अघि बढिएको उहाँले बताउनुभयो ।
यसअघि, २०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट निर्वाचित देव गुरुङ यसपटक पनि सत्तागठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।
आइतबार उम्मेदवारी दर्ता गराएपछि एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अधुरा अपुरा रहेका सपनालाई साकार पार्न एकपटक मुख्यमन्त्री हुने व्यक्तिगत चाहना भएतापनि संघीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षालाई पुरा गर्न माथिल्लो तहबाटै भूमिका खेल्नुपर्ने भन्दै पार्टी नेतृत्वले निर्णय गरेकाले आफु प्रदेश छाडी संघमा उठेको जानकारी दिनुभयो ।
एमालेका उपमहासचिव गुरुङ २०७४ मा प्रदेश सभा ख बाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो । उहाँ गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

 


FLASH NEWS