Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङको सुन्दरबजार फेदीकुनामा अचार बनाउने तालिम : महिलालाई सीप सिकाइ स्वरोजगार बनाउने उद्धेश्य

रेडियो भोटेओडार ९ पुष २०७९, शनिबार ०७:१३ मा प्रकाशित ( १ साल अघि) ९३२५ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९ फेदीकुनामा सात दिने अचार बनाउने तालिम संचालन गरिएको छ । सहनशिला नेपालको आयोजना र शिक्षा, विज्ञान प्रविधिता सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक सहयोगमा सात दिने अचार बनाउने तालिम संचालन गरिएको हो । फेदीकुनास्थित शिद्धेश्वर शिव मन्दिर परिसर ९ब्राह्मण क्षेत्री० समाजको भवनमा आज बिहिबारबाट तालिम सुरु भएको हो । तालिम पुस १३ गतेसम्म चल्नेछ । महिलाहरुलाई सीप सिकाएर व्यवसायिक बनाइ उनीहरुको आयस्तरमा वृद्धि गरी जीवनस्तर माथि उकास्ने उद्धेश्यले तालिम संचालन गरिएको सहनशिला नेपालका अध्यक्ष शर्मिला बोहोराले जानकारी दिनुभयो । तालिममा ४० जना हाराहारीमा महिलाको सहभागिता रहने छ । तालिममा सहभागीलाई सुनिता श्रेष्ठले अचार बनाउने तरिका सिकाउनुहुनेछ ।

तालिमकै अवसरमा एक औपचारिक कार्यक्रमको समेत संचालन गरिएको थियो । संस्थाका अध्यक्ष बोहोराको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कोइरालाले सीप सिकेर उत्पादन र व्यवसायका क्षेत्रमा अघि बढ्न सके घरगाउँमै बसेर स्वरोजगार बनी मनग्य आर्जन गर्न सकिने बताउनुभयो । तालिमपश्चात तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतारी व्यवसायिक पाटोमा जुट्न उहाँले तालिममा सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । हातमा सीप भएका, मनमा जोस जाँगर भएका युवाहरुलाई घरगाउँमै केही गर्न चाहेमा नगरपालिकाले सघाउने उहाँले बताउनुभयो । सहनशिला नेपालका कोषाध्यक्ष सुस्मिता अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा सुन्दरबजार नगरपालिका–९ का मनराज गुरुङ, नेपाल सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थ थापा, हातेमालो मूल आमा समूहकी अध्यक्ष मनु पन्त, सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोमा सापकोटा, ब्राह्मण क्षेत्री समाज फेदीकुनाका पूर्वअध्यक्ष चन्द्रकान्त सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार शिक्षा पन्तले गर्नुभएको हो । घरगाउँमै व्यवसायिक तालिम लिन पाएकोमा खुशी जनाउँदै स्थानीय महिलाहरुले तालिपश्चात तालिममा सिकेका सीपलाई उपयोग गरी व्यवसायिक रुपमा अचार उत्पादनमा जुट्ने प्रतिवद्धता जनाएका छन् ।

 


FLASH NEWS