Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

लमजुङको राइनास भेटघाट चोकमा भलिबल कोर्ट बनाइदै

रेडियो भोटेओडार २९ जेष्ठ २०८०, सोमबार १४:२९ मा प्रकाशित ( १0 महिना अघि) १०५६४ पाठक संख्या

सुबास मजाकोटी- लमजुङको राइनास नगरपालिका वाड नं ८ स्थित भेटघाट चोकमा भलिबल कोर्ट निर्माण कार्य थालनि गरिएको छ ।राइनास नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरिएको हो ।
विगत लामो समयदेखीे भेटघाट चोक नजिकै रहेको सार्वजनिक जग्गामा निर्माण व्यावसायीहरुले बालुवा डम्पिङ गरि बिक्रि वितरण गर्दै आएका र सार्वजनिक जग्गाको व्यावसायीहरुले भोक चलन गर्दै आएकामा तार्कुघाट प्रहरी चौकी,वडा कार्यलय र रुद्र देवी युथ क्लब र स्थानियवासीहरुको सहकार्य र सम्वन्यमा डम्पिङ गरिएका बालुवा हटाइ भलिबल कोर्ट निर्माण कार्य सुरु गरिएको रुद्र देवी युथ क्लबका अध्यक्ष प्रदिप जङ्ग गुरुङले बताउनुभयोे ।
पछिल्लो समय सार्वजनिक जग्गाहरुको प्रभावकारी व्यवस्थापन हुन नसकेका बताउदै उहाँले यस्ता सार्वजनिक सम्पतिको संरक्षण,संम्र्वदन गर्ने उद्धेश्यले उक्त कार्य अगाडि बढाइएको बताउनु ।
रुद्र देवी युथ क्लबले वडा नं ८ मै रहेको नौबिस खेल मैदानको बिचमा बिधुतको पोल रहेकोमा पोल हटाउनका लागी वडा कार्यलयले १ लाख ७५ हजार उपलब्ध गराएको र त्यसमध्ये केही रकम बाँकी भएपछि भलिबल कोटमा खर्च गरिएको क्लबका सचिव प्रविन बि.क ले बताउनुभयोे ।
खेलक्षेत्रको बिकासका लागी वडाले विभिन्न समयमा आर्थिक सहयोग गर्दै आएको वडा कार्यलयले जनाएको छ ।


FLASH NEWS