जागरण सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीद्धारा लिखित पुस्तक नमेटिएका डोबहरुको विमोचन गरिएको छ ।
अधिकारीले आफ्नो हिरक जयन्ती जन्मोत्सव ७५वर्ष पुरा भएको अवसरमा आफ्नो स्वर्गीय माता कौशिलादेवी अधिकारी, पत्नी स्वर्गीय देवी अधिकारी र छोरी लीला अधिकारीको स्मृतिमा पुस्तक विमोचन गर्नुभएको हो ।
यसअघि पनि पुस्तक प्रकाशन गरिसक्नुभएका अधिकारीले यस पटक स्वर्गीय माता, पत्नी र छोरीको स्मृतिमा आफ्नो जीवन भोगाइ समेटी आत्म संस्मरणात्मक ग्रन्थ नमेटिएका डोबहरु बिहिबार एक कार्यक्रमका बीच विमोचन गरिएको अधिकारीले बताउनुभयो । पुस्तक विमोचन, कार्यक्रका अध्यक्ष रघुनाथ अधिकारी र प्रमुख अतिथी रत्न कुमारी अधिकारीले गर्न भएको हो । २००४ साल जेठ २५ गते तार्कुकोटमा जन्मुभएका अधिकारी हाल सुन्दरबजार नगरपालिका ९ंं भोटेओडार बस्दै आउनुभएको छ ।उहाँ शिक्षा एवं सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आउनुभभएको छ ।
आफनो ७६ औं जन्म उत्सवको सन्र्दभ पारेर पुस्तक बिमोचन गर्नु भएको कार्यक्रममा पुस्तक सम्पादक समितिका सदस्य जनार्दन पडित,रामहरी न्यौपाने, रमकान्त अधिकारी, प्रकाशक सिर्जना बराल अधिकारी, अजित अधिकारी रेडियो भोटेओडारका बरिष्ठ उपाध्यक्ष नारायण बहादुर कुवँरनेकपा माओवादी केन्द सुन्दरबजार नगरकमिटिका अध्यक्ष मुरारी भुजेल, सिर्जजनात्मक बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष रामजी कडेल, कवी गोबिन्द बहादुर कुवार, धुव बहादुर कुवार, बिष्णु बहादुर गुरुङ, बिष्णु श्रेष्ठ, ९ नवडा सदस्य खुस बहादुर गुरुङ लवराज ढकाल लगाएतका व्यक्रिहरुले आफना धाराण सहित शुभकामना राख्नु भएको थियो ।
उहाँले सोही कार्यक्रमको अवसरमा आफनो मावाली हजुरबुवा स्व.पदमराज पौडेल र आमा स्वं कौशिलादेवी अधिकारीको स्मृतीमा लमजुङ दुराडाँडामा रहेको स्वयम् उहाँ अध्ययन गर्नुभएको सर्वोदय माध्यामिक बिद्यालयमा रु ५० हजार ५ रुपैयाँको अक्षकोष स्थापन गर्नु भएको छ । साथै यहाँले बिहिबार नै राइनास नगरपालिका ८ मा रहेको सर्वोदय सेवा आश्रममा रु २५ हजार ५ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । सोही अक्षयकोष उहाँले आफनो आमा स्व. कौशिलादेवी अधिकारी, पत्नि स्वं देवी अधिकारी र छोरी स्व. लीला अधिकारीको स्कृतिमा स्थापना गरेको बताउनु भएको छ ।
कार्यक्रममा स्थानीय बुद्धीजिवि, शिक्षाप्रेमी, समाजसेवी लगाएत गरी सय जनाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रमाकान्ता अधिकारीले गर्नुभएको थियो ।