लमजुङको राइनास नगरपालिकामा दलित एकता संजाल राइनासलाई थप प्रभावकारी रुपमा अघि बढाउनका लागि नगर स्तरीय तदर्थ समिति गठन गरिएको छ।
राइनास दलित संघर्स समितिका संयोजक राजेन्द्र सिर्मलको सम्योजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।उपाध्यक्षमा राइनास ८ का बाबुराम बसेल चयन हुनुभएको छ।
दलितहरु को हकहित ,अधिकार सुनिश्चित गर्न लागि निरन्तर दलित एकता संजाल राइनासले खबरदारी गर्दै आएको ,जातिय विभेद तथा छुवाछूत मुक्त नगर घोषण तथा विभिन्न खाले उत्पिडनको लागि ससक्त आवाज सहित समतामुलक सब्य समाज निर्माण अभियानका लागि उक्त तदर्थ समितिले काम गर्ने संयोजक राजेन्द्र सिर्मलले बताउनुभयो
कार्यक्रममा राइनास नगरपालिका भरी का दलित अधिकारकर्मी ,समाजसेवी ,बुद्धिजीवी ,दलित अगुवा तथा राजनीतिक कर्मिहरुको उपस्तिथि रहेको सुक बहादुर कोइरालाने जानकारी दिनुभयो ।
आगामी दिनहरुमा दलितका हक,अधिकारका बुलन्द आवाज सहित ब्यबहारिक रूपमा समता मुलक सब्य समाज निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पुर्ण दलित अधिकारकर्मी , बुद्धिजीवी तथा श्रमजीवी उत्पीडित बर्गहरुलाई संजालले आग्रह गरेको छ।