Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

लमजुङको सुन्दरबजारमा आरोग्य अभिमुखीकरण कार्यक्रम संचालन ः समुदायमा आयुर्वेदिकको महत्वबारे जानकारी गराउने उद्धेश्य

रेडियो भोटेओडार ३१ जेष्ठ २०८०, बुधबार १७:३९ मा प्रकाशित ( १0 महिना अघि) ९३६७ पाठक संख्या

सुबास मजाकोटी -लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ६ मा नागरिक आरोग्य अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । आयुर्वेद शाखा, सुन्दरबजार नगरपालिकाको आयोजनामा बुधबार नागरिक आरोग्य अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
समुदायमा आयुर्वेदिकको महत्वबारे जानकारी गराउने उद्धेश्यले कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा सहभागी आमा समूह, विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई यसबारेमा जानकारी गराइएको हो ।
सहभागीलाई भोटेओडार आयुर्वेद औषाधालयका डा. दिगम्बर उपाध्याय, सुन्दरबजार शाखाका प्रमुख सुनिल झा, कविराज यज्ञप्रसाद अधिकारीले आयुर्वेद र आयुर्वेद चिकित्सा पद्धतीको विषयमा जानकारी गराइएको सुन्दरबजार नगरपालिका ६ का वडाअध्यक्ष दिनेशबाबु कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी, वडाअध्यक्ष कोइरालकै अध्यक्षतामा ७ सदस्यीय नागरिक आरोग्य केन्द्र गठन गरिएको छ ।


FLASH NEWS