Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

भ्रामक समाचारको पछाडि नलाग्न सबैमा सिर्जनात्मक साकोसको आग्रह

रेडियो भोटेओडार ६ असार २०८०, बुधबार ०७:१८ मा प्रकाशित ( १0 महिना अघि) ३७६१२ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडार धारापानीमा रहेको सिर्जनात्मक वचत तथा ऋण सहकारी संस्थाले सामाजिक सञ्जाल युट्युव च्यानलमा प्रशारित सहकारीको समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।
सहकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै गएको जेठ ३० गते व्यक्तिगत एक युट्युव च्यानलबाट सहकारीका बारेमा प्रशारित समाचारप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘उक्त समाचार पूर्ण रुपमा भ्रामक र कपोलकल्पित रहेको सबै शेयर सदस्यहरु लगायत सरोकारवाला सबैमा अवगत गराउँदै भ्रममा नपर्न अनुरोध गर्दछौँ,’ सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँल र सचिव मेनबहादुर घलेको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
‘यो संस्था यस क्षेत्रका बुद्धिजीवि, समाजसेवी र शुभ चिन्तकहरुको प्रयासबाट २०५३ सालमा स्थापना गरिएको हो । यो संस्था यस क्षेत्रको आम जनताको आर्थिक उन्नती, प्रगति र समृद्धि गराउने पवित्र उद्धेश्यका साथ स्थापना गरिएको र हाल करिव ५ सय शेयर सदस्यहरुको ढुकढुकी बन्न सफल भएको र अग्रजहरुले जुन उद्धेश्यका साथ संस्था खोल्नुभयो, त्यो उद्धेश्य प्राप्त गर्न वर्तमान सञ्चालक समिति कटिवद्ध भएर लागेको कुरा सहर्ष जानकारी गराउँदछौँ,’ विज्ञप्तीमा भनिएको छ ।
आफुहरु सबैको साझा संस्था यस सहकारीलाई अझ थप मजवुत बनाइ सहज, सरल रुपमा सेवाप्रवाह गरी नमूना सहकारी बनाउन सबैको दायित्व हुने भएकाले कुनै पनि भ्रामक समाचाहरुको पछाडि नलगाी सत्यतथ्य बुझ्न संस्थाका अधिकारीहरुसंग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ,’ विज्ञप्तिमा लेखिएको छ । ‘यहाँहरुको वचत र शेयर रकम पूर्ण रुपमा सुरक्षित रहेको र राख्ने सम्पूर्ण जिम्मेवारी संस्था र सञ्चालक समिति लिन प्रतिवद्ध रहेकाले सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला सबैमा ढुक्क भइ कारोवार गर्नहुन अनुरोध गर्दछौँ,’ साकोसद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।


FLASH NEWS