Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

त्रिभुवन क्याम्पस मानेचौकामा ब्याडमिन्टन कोर्ट निर्माण ः समुदाय र क्याम्पसबीचको सम्वन्ध सुमुधर बनाउने उद्धेश्य

रेडियो भोटेओडार १३ असार २०८०, बुधबार १८:०५ मा प्रकाशित ( १0 महिना अघि) १३५८८ पाठक संख्या

तनहुँको भानु नगरपालिका–११ मानेचौकामा रहेको त्रिभुवन क्याम्पस परिसरमा ब्याडमिन्टन कोर्ट (कवर्ड हल) निर्माण गरिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसले आन्तरिक श्रोतबाट ब्याडमिन्टन कोर्ट निर्माण गरेको क्याम्पस प्रमुख रविन्द्रराज जोशीले जानकारी दिनुभयो ।
त्रिभुवन क्याम्पसका साथै त्रिभुवन माविमा पढ्ने विद्यार्थीहरुका साथै समुदायमा रहेका व्यक्तिहरुले समेत उपयोग गर्ने ब्याडमिन्टन कोेर्ट निर्माण गरिएको उहाँले बताउनुभयो ।
क्याम्पस र समुदायबीच आपसी सम्वन्धलाई सुमुधुर बनाउन ब्याड मिन्टन कोेर्ट बनाइएको हो । ब्याडमिन्टन कोर्टलाई थप विकास, विस्तार गरिने लक्ष्य छ,’ क्याम्पस प्रमुख जोशीले भन्नुभयो ।
कुल २० लाख लागत अनुमान गरिएको ब्याड मिन्टन कोर्ट निर्माणमा हालसम्म ६ लाख रुपैयाँ खर्च भइसकेको क्याम्पसले जनाएको छ ।
‘ढलान कार्य, गेट निर्माण र तारजाली लगाउने काम सम्पन्न भइसकेको छ । अझै निर्माण कार्य हुँदैछ,’ उहाँले भन्नुभयो ।
यस क्याम्पसमा स्नातक र स्नातोेकोत्तर तहको पढाइ हुँदै आएको छ । यस क्याम्पसमा दुई सय ५३ विद्यार्थी अध्ययनरत छन् ।


FLASH NEWS