Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

सुन्दरबजारको भैरवदेवी टोल र अन्नपूर्ण टोलमा बाटो ढलान ः स्थानीयलाई आउजाउमा सहज

रेडियो भोटेओडार २१ असार २०८०, बिहीबार १८:१४ मा प्रकाशित ( ९ महिना अघि) ९१३६ पाठक संख्या

सुबास मजाकोटी- लमजुङ्गको सुन्दरबजार नगरपालिका वडा नं ६ फेदिकुनाको भैरवदेवी टोलमा १ सय ५६ मिटर बाटो ढलान गरिएको छ ।
सुन्दरबजार नगरपालिकाको ७० प्रतिशत लागत र स्थानियको ३० प्रतिशत लागत साझेदारी गरि २२ लाख २३ हजार ३५ रुपयाँमा बाटो ढलान गरिएको सुन्दरबजार नगरपालिका ६ का वडा अध्यक्ष दिनेशबाबु कोइरालाले जानकारी दिनुभयो ।
यस्तै, वडा नं ६ कै पुरानोडिहि अन्रपुर्ण टोलमा पनि नगरपालिकाको ७० प्रतिशत लागत र स्थानियको ३० प्रतिशत लागत साझेदारीमा ९५ मिटर बाटो ढलान गरिएको छ । कुल २० लाख २ हजार ३ सय ४३ रुपयाँमा बाटो ढलान कार्य गरिसकिएको उहाँले बताउनुभयो ।
विगतमा बाटोको अवस्थथा राम्रो नहुँदा आवतजावतमा समस्या भएकोमा अहिले बाटो ढलान भएपछि स्थानियहरुलाई आवतजावत गर्न सहज भएको स्थानीयले बताएका छन् ।


FLASH NEWS