सुबास मजाकोटी- लमजुङको दोर्दी गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत दोर्दीलार्ई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको हो ।
एम्बुलेन्स सहयोगको लागि भारत सरकार तथा भारतीय दुतावासलाई धन्यावाद दिदै, अब दोर्दीका स्थानीयलाई सहज र सर्वसुलभ तवरले एम्बुलेन्स सेवा प्रदान गर्ने गाँउपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
त्यस्तै, गरिब,असहायहरुको लागि सहुलियत तवरले सेवा प्रदान गर्ने रसमेत उहाँले बताउनभुयो । दोर्दीमा एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने भएको हो । भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । पालिकामा एम्बुलेन्स संञ्चालन हुने भएपछि स्थानीयहरु हर्षित भएका छन् ।