आज:  | Fri, 29, Sep, 2023

राइनासबाट महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवक पक्राउ

रेडियो भोटेओडार २ श्रावण २०८०, मंगलवार १८:४७ मा प्रकाशित ( २ महिना अघि) ४०९६ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय, लमजुङले सुन चोरीमा संलग्न एकजना युवालाई जिल्लाको राईनास नगरपालिका वडा नं। ०६ बाट पक्राउ गरेको छ । २०८०।०४।०१ गते साँझ जिल्ला तनहुँ भानु नगरपालिका वडा नं। ०७ घर भएका बर्ष ३० को श्याम चन्द्र खतिवडाले जिल्ला लमजुङ राईनास नगरपालिका वडा नं। ०६ स्थित जङ्गलमा चोरी गर्नको लागि ढुकेर बसेको अवस्थामा पोखराबाट माईती घर जिल्ला लमजुङ राईनास नगरपालिका वडा नं।०६ बस्ने लक्ष्मी नेपालीलाई पिछा गरी निजले घाँटीमा लगाएको १ तोला २१ लालको सुनको सिक्री थान९१ लुटी चोरी गरी भागेको खबर प्रौपत हुन् साथ स्थानीय प्रहरी चौकीबाट तत्काल खटिएको प्रहरी टोलीले निज श्याम चन्द्र खतिवडालाई घटनास्थल नजिकैको जङ्गलबाट पक्राउ गरी निजको साथबाट सुनको सिक्री बरामद गरिएको, र २०८०।०४।०२ गते सम्मानित लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई निज उपर थप अनुसन्धान कार्य भई रहेको छ ।मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो घाटो, एकान्त स्थल वा जङ्गलमाढुकी चोरी गर्ने व्यक्तिलाई पाँच वर्षदेखी दश वर्षसम्म कैद र पचास हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको छ ।


FLASH NEWS