Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

दोर्दी गाउँपालिकाको ताजे गाउँमा निर्मित ताजे खानेपानी योजना हस्तान्तरण

रेडियो भोटेओडार ४ श्रावण २०८०, बिहीबार १६:४३ मा प्रकाशित ( ९ महिना अघि) ७८१३ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका वडा नं. ६ ताजे गाउँमा निर्मित ताजे खानेपानी योजना हस्तान्तरण गरिएको छ । जोखिममा रहेका भुकम्प प्रभावितहरुको लागि पुनर्लाभ एवम् सामुदायिक उत्थानशिल परियोजनाद्वारा निर्मित ताँजे खानेपानी योजना बुधबार एक कार्यक्रमका बीच स्थानीयलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उपभोक्ता समिति अध्यक्ष मनराज घलेलाई उक्त योजना हस्तान्तरण गर्नुहुँदै अब शुद्ध पानि घरघरमा आएकाले खानेपानीको दुख हट्नुका साथै नागरिकको स्वास्थ्य खानेपानी अधिकार सुनिश्चित भएको छ । यसअघि समेत पालिकाको विभिन्न स्थानमा घरेपिच्छे खानेपानी धारा पु¥याइ सकेको र बाँकी रहेको स्थानमा समेत चाडै पु¥याउने लक्ष्यका साथ पालिका अघि बढेको उहाँको भनाई छ । घरघरमै धारा उपलब्ध भएपछि स्थानीयलाई सहज भएको सहभागिले बताएका थिए ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, कार्यपालिका सदस्य द्वय अम्बिका मरहट्ट र लाल माया मिजार, सोही वडाका वडाध्यक्ष नन्दराज घले, सिरोस नेपालका विकास न्यौपाने, राम कुमार श्रेष्ठ, सप्रोस नेपालका सुरेन्द्र राय यादव, द बहादुर दियाल, लुमन्ती नेपालबाट आवास संयोजक उज्ज्वल अधिकारी लगायत स्थानीयको उपस्थित रहेको थियो । यस ताँजे गाउँमा रहेको ६३ घरमा धारा जडान हुनुका साथै ताँजे समाज घर,जनचेतना आमा समूह,बाल बिकास प्रा.वि एवं ताँजे चर्च गरी ६७ धारा जडान भएको उपभोक्ता समितिका अध्यक्ष घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो आयोजना ३३ लाख ३७ हजार ६८९ रुपैयाँमा निर्माण सम्पन्न भएको छ । सो रकममध्ये गाउँपालिकाको ३ लाख १९ हजार, सिरोस र सप्रोस नेपालको २३ लाख ३८ हजार ३१७ रुपैयाँ तथा ६ लाख ८० हजार ३७२ रुपैयाँ बराबर स्थानीयको जनश्रमदान रहेको छ ।


FLASH NEWS