Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

लमजुङको दोर्दी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर हुँदै

रेडियो भोटेओडार ५ श्रावण २०८०, शुक्रबार १८:२६ मा प्रकाशित ( ९ महिना अघि) ६१९६ पाठक संख्या

सुबास मजाकोटी -लमजुङको दोर्दी गाँउपालिकाको नौथर शेरामा निशुल्क स्वास्थ्य शिविर संचालन हुँदैछ ।
एच डि सि एस् नमुना सामुदायीक अस्पताल, लाइनस क्लव अफ लमजुङ, लाइन्स क्लव अफ वेशिसहर र बविता क्लिप्स इन्टरटेन्मेन्टको सहकार्यमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।
दुरदराजमा रहेका नागरिकहरुसम्म सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
शिविरमा स्त्री रोग सम्बन्धी परिक्षण,सामान्य स्वास्थ्य परिक्षण, दन्त स्वास्थ्य परिक्षण,छाला रोग,भिडियो एक्स रे सेवा मानसिक समस्या भएकाहरुलाई मनोविमर्श र प्यालेटिभ केयर सम्बन्धी परामर्श तथा जानकारी गराइने उहाँले बताउनुभयो ।


FLASH NEWS