Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

लमजुङको नौथर शेरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ः ६ सय ५३ जना लाभान्वित

रेडियो भोटेओडार ६ श्रावण २०८०, शनिबार १८:५१ मा प्रकाशित ( ९ महिना अघि) ७४१४ पाठक संख्या

लमजुङको दोर्दी गाँउपालिकाको नौथर शेरामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
एच डि सि एस् नमुना सामुदायीक अस्पताल, लाइनस क्लव अफ लमजुङ, लाइन्स क्लव अफ वेशिसहर र बविता क्लिप्स इन्टरटेन्मेन्टको सहकार्यमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।
दुरदराजमा रहेका नागरिकहरुसम्म सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
शिविरमा स्त्री रोग सम्बन्धी परिक्षण,सामान्य स्वास्थ्य परिक्षण, दन्त स्वास्थ्य परिक्षण,छाला रोग,भिडियो एक्स रे सेवा मानसिक समस्या भएकाहरुलाई मनोविमर्श र प्यालेटिभ केयर सम्बन्धी परामर्श तथा जानकारी गराइएको उहाँले बताउनुभयो ।
शिविरबाट २ सय ४८ जना पुरुष र ४ सय ५ महिला गरी ६ सय ५३ जना लाभान्वित भएका छन् । शिविरमा १ सय ३८ जनाको सामान्य परिक्षण गरिएको छ । ५५ जनाले दन्त परिक्षण, २ सय ५५ जनाको भिडियो एक्स रे, ९५ जनाको रक्त परिक्षण गरिनुका साथै १५ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।
अस्पताल प्रमुख श्रेष्ठको नेतृत्पमा २ जना डाक्टरसहित १० जना अनय स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएका थियो ।


FLASH NEWS