आज:  | Fri, 29, Sep, 2023

राइनास बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास ओ.जे.टी तिन महिनासम्म गर्ने

रेडियो भोटेओडार १० श्रावण २०८०, बुधबार १५:४४ मा प्रकाशित ( २ महिना अघि) ८४२२ पाठक संख्या

लमजुङको राइनास नगरपलिका वडा नं ८ मा रहेको राइनास बहुप्राविधिक शिक्षालयमा तिन वर्षे वन विज्ञान र कृषि बालि विज्ञान विषय अध्यापन गराइदै आएको छ ।हाल शिक्षालयमा १ सय ७० को हाराहारीमा विद्यार्थीहरु अध्यानरत रहेका शिक्षालयका को अडिनेटर सरोज घिमिरेले बताउनुभयो ।
यस वर्ष वन विज्ञान डिप्लोमा तेस्रो वर्षमा अध्यानरत विद्यार्थीहरु अध्यान सँगै प्रयोगात्मक अभ्यास ओ.जे.टी का लागि लमजुङ लगाएत देशका विभिन्न जिल्लाहरुका डिभिजन बन कार्यलय तथा यसका मातहतमा रहेका सव डिभिजन बन कार्यलयमा पठाइएको शिक्षलयले जनाएको छ ।
प्रयोगात्मक अभ्यास ओ.जे.टी ३ महिनाको सम्म हुने र यस अवधिभर विद्यार्र्थीहरुले बन कार्यलयबाट हुने सेवा प्रवाह,सामुदायीक वनमा हुने गतिविधि ,नर्सरी बनाउने तरिका ,भू संरक्षण लगाएतका बारेमा जानकारी गराइने छ ।
यस्तै लमजुङमा भने यस शिक्षालयबाट तिन पालिकाहरुमा प्रयोगात्मक अभ्यास ओ.जे.टी गर्नका लागी ११ जना विद्यार्थीहरु सहभागि हुन लागेका छन् । लमजुङको राइनास नगरपालिकाको वन डिभिजन वन कार्यलयमा ४ जना ९ कविता कडेल,विशाल नेपाली,सरस्वती परियार ,युनिशा रानाभाट० सुन्दरबजार नगरपालिकाको सव डिभिजन वन कार्यलयमा ५ जना ९ सिमा अधिकारी, ममता तामाङ ,सुस्मिता नेपालि ,अशोक पण्डित र अरविन गुरुङ० र दोर्दी गाँउपालिकामा २ जना ९संगम नेपालि र सुबास मजाकोटी ० सहभागि हुने डिभिजन वन कार्यलय लमजुङले बताएको छ ।


FLASH NEWS