Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

भबिष्य निर्माण ब्यबस्थापन समितिले पूर्णता पायोः अध्यक्षमा मनु पन्त खत्री सर्बसम्मत चयन

रेडियो भोटेओडार १३ आश्विन २०८०, शनिबार १८:३१ मा प्रकाशित ( ७ महिना अघि) ६०२८ पाठक संख्या

विराट न्यौपाने –लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ९ पैरे मा रहेको भबिष्य निर्माण मा. बि. को नया बिध्यालय ब्यबस्थापन समितिले पुर्णता पाएको छ। लम्जुङ उधोग वाणिज्य संघ जिल्ला सदस्य तथा हातेमालो मुल आमा समुहको अध्यक्ष समेत रहनु भएकि मनु पन्त खत्री सर्बसम्बत एक भेलाको बिच शनिबार अध्यक्षमा चयन हुनुभएको हो।
भदौ ३० गतेको अभिभाबक भेला बाट ४ जना अभिभाबक चयन हुनु भएको र शनिबार एक भेलाको बिच समितिले पुर्णता पाएको सो बिध्यालयका प्रध्यानाध्यापक मायानाथ अधिकारिले जानकारी दिनुभयो।
उहाका अनुसार अध्यक्ष मनु पन्त खत्रि, सदस्यहरुमा अजय चौधरी, जुना तामाङ, देवी जि.सी, सरिता घर्ती, दिपक अधिकारी र सुन्दरबजार नगरपालिका वडा नं. ९ कि वडा सदस्य मधु भट्टराई वडा प्रतिनिधि सदस्य चयन हुनुभएको हो।
अध्यक्ष मा चयन भए पश्चात उहाले आफुलाई यो जिम्मेबारि प्रदान गर्नुहुने सम्पूर्ण अभिभाबक, शिक्षकहरु, वडा समितिलाई धन्यबाद दिनुभएको थियो।
बिध्यालयको समग्र बिकासमा लाग्न समितिका सदस्यहरु लगाएत, वडा तथा पालिकाको पूर्ण सहयोग पाउनेमा आफु बिश्वस्त रहेको जानकारी दिनुभयो।
भबिष्य निर्माणको भबिष्य अझ उज्वल बनाउने जिम्मेबारी आफ्नो काधमा आईपुगेकाले सम्पूर्ण सरोकार वाला हरुसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो।


FLASH NEWS